दार्चुला असोज १२ । जिल्लाका ८ स्थानीय तहमा हाल कोरोनाका सक्रिय संक्रमितको अवस्था शुन्य रहेको छ । ९ वटा स्थानीय तह मध्ये जिल्ला सदरमुकाम खलंगाको महाकाली नगरपालिका बाहेक अन्य स्थानीय तहमा कोरोनाका सक्रिय संक्रमित नरहेको जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।
कोरोना संक्रमणको दोस्रो लहर सुरु भए यता दार्चुलाका ९ वटै स्थानीय तहमा १२ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भैसकेको छ। कोरोना संक्रमण पुष्टि भैसकेका मध्ये हाल जिल्लाको महाकाली नगरपालिकाका १९ जना मात्रै सक्रिय संक्रमित रहेका स्वास्थ्य कार्यालयले जनाएको छ । दोस्रो लहरमा संक्रमण पुष्टि भएका १२ सय ४० जना मध्ये ११ जना संक्रमितको कोरोनाका कारण ज्यान गएको स्वास्थ्य कार्यालयको तथ्याङकमा छ ।
अहिले जिल्ला भरी १८ वर्ष माथिका सवै नागरीकहरुलाई कोरोना विरुद्धको खोप लगाईदै छ । जिल्लाका सवै खोप केन्द्र हरुमा खोप लगाईदै छ । यो चरणमा ४० हजार डोज खोप लगाईने जनाईएको छ ।