प्रेमराज जोशी दार्चुला असोज १३ । सुदुरपश्चिम प्रदेशको सञ्चार निति मस्यौदा समितिले पहिलो चरणमा दार्चुला पुगेर सुझाव संकलन गरेको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालय र सुदुरपश्चि प्रदेशको सञ्चार नीति मस्योदा समितिको टोलीले जिल्ला सदरमुकाम खलंगामा आएर बुधवार छलफल एवम सुझाव संकलन गरेको हो ।
कार्यक्रममा महेन्द्र नमुना माध्यामिक विद्यालयका प्रधानाध्यापक राम दत्त जोशीले पत्रकारले आफ्नो जिम्मेवारी पुर्ण रुपमा वहन गर्नु पर्ने भन्दै ब्यवसायीक रुपमा लागेका पत्रकारहरुको जिविको पार्जनको जिम्मा सरकारले लिनु पर्ने सुझाव दिएका छन । त्यस्तै पत्रकारको परिभाषा र महासंघको चुनावमा वाजी मार्ने गरी मापदण्ड विपरीत महासंघले सदस्यता प्रदान गर्ने गरेको भन्दै अनिवार्य पत्रकार मापदण्ड निर्धारण गर्नु पर्ने वताए ।
जिल्ला स्थित सन्चार क्षेत्रमा कार्यरत संचारकर्मीहरुले टोलीलाई धन्यवाद दिदै सुझाव कार्यान्वयनको लागी प्रतिवद्ध रहन आग्रह गर्नु भएको छ । पत्रकारहरुको हकहित, न्युनतम जिवीको पार्जन गर्न सहज हुने ब्यवस्था मिलाउन सुझाव दिएका छन । त्यस्तै पत्रकारहरुको विमा, कोष र यन्त्र उपकरणहरुको समेत विमा गर्नु पर्ने सुझाव दिएका छन ।
टोलीमा पत्रकार महासंघ सुदुरपश्चिम प्रदेश अध्यक्ष एवंम सुझाव समति सदस्य योगेश रावल, पुर्व अध्यक्ष अर्जुन शाह, महासचिव राम सिह ठगुन्ना, सचिव हरि जोशी, प्रेम चुनारा, र आन्तरिक मामिला तथा कानुन मन्त्रालयका कम्प्युटर अपरेटर सुरेश ओखडा लगायत जिल्ला पुगेका हुन्न । संचार नीतिलाई प्रभावकारी वनाउनका निमित्त ३५ दिन भित्र टोलीले सुझाव संकलन गरी आन्तरकि मामिला तथा कानुन मन्त्रालयमा पुगाउनु पर्ने छ ।
कार्यक्रममा जिल्ला स्थित प्रमुख जिल्ला अधिकारी शिद्धराज जोशी, प्रहरी प्रमुख डिएसपी मनोहर प्रसाद भट्ट, महेन्द्र नमुना माविका प्रधानाध्यापक राम दत्त जोशी, वहुमुखी क्याम्पस दार्चुलाका सहायक क्याम्पस प्रमुख धाना धामी र संचार क्षेत्रमा कार्यरत संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।
यसै विच कार्यक्रममा कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि पत्रकारको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ सुदुरपश्चिम प्रदेश समितिको आयोजना र सामाजिक विकाश मन्त्रालय सुदुरपश्चिम प्रदेशको सहकार्यमा अन्तरक्रिया गरिएको हो ।
अन्तरक्रिया कार्यक्रमा जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख जयराज भट्टले दार्चुला जिल्लाको कोरोनाको अवस्था वारे जानकारी गर्नु भएको थियो ।
जिल्लामा ९५ हजार कोरोना विरुद्धको खोप लगाउनु पर्ने भन्दै अहिले सम्म ५९ हजार नागरीकले खोप लगाई सकेको वताए । अहिले जिल्लामा भेरोसेल, कोभिसिल्ड र जोनसोन लगायतका खोपहरु नागरीकलाई लगाईएको छ ।