दार्चुला असोज १४ । नेपालीहरुको महान चाँड दशै र तिहारलाई लक्षित गरी जिल्लाको विभिन्न क्षेत्रमा यात्रु साहायता कक्ष र नागरीक साहायता केन्द्रको स्थापना गरिएको छ ।
जिल्ला सदरमुकाम खलंगाको बढी भिडभाड हुने बसपार्क क्षेत्र त्यसै गरी महाकाली नगरपालिकाको धाप, दत्तु, मालिकार्जुन गाउँपालिकाको पस्ति, मालिकार्जुन र शैल्यशिखर नगरपालिकाको गोकुलेश्वरमा यात्रु साहायता कक्ष स्थापना गरिएको छ भने सदरमुकामको पुलघाट क्षेत्र त्यसै गरी भारत सँग सिमा जोडिएका झोलुङगे पुलमा नागरीक साहायता कक्षको स्थापना गरिएको छ ।
चाँडबाडका बेला समस्यामा परेका यात्रुलाई समयमै सहयोग गर्नका लागि यात्रु सहायता कक्ष स्थापना गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरिक्षक मनोहर प्रसाद भट्टले वताए ।
दशै तथा तिहार मनाउन जिल्लामा भित्रिने तथा बाहिरिने यात्रुहरुको सहजता र सुरक्षालाई मध्यनजर गरेर कक्षको स्थापना गरिएको उनले जानकारी दिए ।
यात्रु र नागरिक सहायता कक्षको उद्घाटन गर्दै दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले कोभिड १९ को संक्रमण कायम रहेको भन्दै गाडीमा यात्रा गर्दा सेनिटाईजर र माक्स अनिवार्य प्रयोग गर्न यात्रुहरुलाई आग्रह गर्नु भयो ।
यात्रा गर्दा अनिवार्य रुपमा टिकट लिएर यात्रा गर्नु पर्ने भन्दै यात्रु आफुलाई असहज भए फोन मार्फत प्रहरीलाई खवर गर्न अनुरोध गर्नु भयो ।
साथै प्रमुख जिल्ला अधिकारी जोशीले तोकिएको भाडादर भन्दा यात्रुहरुवाट वढी नलिन वस ब्यवसायीहरुलाई आग्रह गर्नु भएको छ ।
यात्रुहरुले स्वास्थ्य मापदण्डको पालना गरे नगरेको र टिकट लिए नलिएको बारे अनुगमन गर्न सुरक्षाकर्मीलाई निर्देशन गर्नु भएको छ ।
यसैबिच पुलघाटमा स्थापना गरिएको नागरिक सहायता कक्ष उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी जोशीले चाडबाडका बेला मात्रै नभई सिमा पुलमा संधै जसो नागरिक सहायता कक्ष हुनुपर्नेमा जोड दिए ।
पुलघाटमा स्थापना गरिएको नागरिक सहायता कक्षबाट सिमा पुल भएर आवत जावत गर्ने नागरिकले आफुलाई समस्या परेमा सुरक्षाकर्मीबाट सहयोग लिन सक्नेछन्, भने बसपार्क क्षेत्रमा स्थापना गरिएको यात्रु सहायता कक्षबाट यात्रुहरुले जुनसुकै समस्यामा पनि सुरक्षाकर्मीको सहयोग लिन सक्ने बताइएको छ । यात्रुहरुलाई असुरक्षा महसुस भए अथवा कुनै समस्या परेमा जिल्ला प्रहरी कार्यालयको पैसा नलाग्ने नम्बर १०० मा फोन गरी तुरुन्तै प्रहरीलाई खबर गर्न पनि आग्रह गरिएको छ ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to siddatopikhabar
Made with ❤️ By Gorkhaly Labs