दार्चुला असोज १५ । दुहुँ गाउँपालिकाका वाढी पहिरो पिडितहरुका लागी विभिन्न क्षेत्रवाट सहयोग रकम संकलन भैरहेको छ ।
यसैविच दार्चुला वहुमुखी क्याम्पस ब्यवस्थापन संकाय अन्तर्गत वि.वि.एस तेस्रो वर्षमा अध्ययनरत विद्यार्थी विरेन्द्र प्रसाद बडूको नेतुत्वमा क्याम्पसका विभिन्न संकायमा अध्ययनरत विद्यार्थीहरु वाट संकलित आर्थिक सहयोग सुक्रवार दुहुँ गाउँपालिका स्थानिय तह प्रकोप ब्यवस्थापन कोषमा जम्मा भएको छ ।

नेपाल विद्यार्थी संघ प्रदेश प्रतिनिधी र युवा सजकता अभियान दार्चुला जिल्ला उपाध्यक्ष समेत रहेका बडूको अभियानमा नगद १३ हजार ९ सय २६ रुपैँया संकलन भएका हो । यहि भाद्र १३ गते राति अविरल वर्षा सँगै आएको वाढी र पहिरोमा परि घरवार विहिन भएका दुहुँ गाउँपालिकाका वाढी पहिरो पिडीतहरुलाई सानै भएपनि चर्केको घाउँमा मलम लगाउने प्रयास गरेको बडूले वताए ।
गाउँपालिकाले दुखको वेला सहयोग गरेको भन्दै बडू लगायत सम्पुर्ण सहयोगी हातहरुलाई धन्यवाद दिएको छ ।


बडू मार्फत सहयोग गर्नेहातहरु

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय