दार्चुला असोज २० । नेपाल प्रहरीको ६६ औ दिवसको अवसरमा दार्चुलामाका प्रहरी प्रमुख डिएसपी मनोहर प्रसाद भट्टलाई सम्मान गरिएको छ । जिल्लामा कार्यरत प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक भट्टलाई जिल्लाको शान्ति, सुरक्षा र समन्वयमा उत्कृष्ट तवरले कार्य सम्पादन गरेको भन्दै सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले सम्मान गरेकोमा हो । सत्य सेवा सुरक्षणमको मुल मन्त्र द्वारा निर्देशित पुर्वजहरुको कर्तव्य परायणताको गौरवमय गाथा, विरता र साहसपुर्ण ईतिहास बोकेको प्रहरी संगठनको स्थापनाको  ६६ औ प्रहरी दिवस २०७८ को पावन अवसरमा उनलाई सम्मान गरिएको हो ।

प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय दार्चुलाले प्रहरी निरीक्षक पुष्कर सिंह ऐरी, प्रहरी सहायक निरीक्षक नैनसिंह पन्त, जनक बहादुर सिंह र यज्ञ बहादुर खड्का, प्रहरी हवलदार विष्णु सिंह कार्की, प्रहरी जवान कृष्णगामा मगर, राजकुमारी चौधरी, सरोज विक, जित बहादुर खड्का र सुरेश बहादुर ऐरलाई उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै पुरस्कृत तथा सम्मान गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय