दार्चुला :   नेपालीहरुको महान चाड बडा दसैंको आज सातौं दिन । घरघरमा स्थापना गरिएको देवी समक्ष फूलपाती अर्पण गर्न फूलपाती भित्र्याईदै छ । दार्चुलामा नेपाली सेनाको गुरुगोरख गुल्म, सशस्त्र प्रहरी तथा नेपाल प्रहरीले जिल्ला सदरमुकाम स्थित आ—आफ्ना व्यारेकमा रहेका जमरा घरमा फूलपाती भित्र्याएका छन् । बेलपत्र, दारिम, हलेदो, केराको बोट, उखु, धान र जयन्ती, अशोकको फूललाई नवपत्रिका स्वरुप फूलपातीका दिन देवी समक्ष अर्पण गर्ने चलन रहेको छ ।

घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैँघर अथवा पूजाकोठामा शुभ साइतको प्रतीकका फुलपाती भित्र्याउने गरिन्छ । नवपत्रिकाको नामले चिनिने फूलपाती नौ देवीको प्रतीकका रुपमा भित्र्याई शास्त्रीय विधि अनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि रहेको छ ।

नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीले जिल्ला सदरमुकामकोे मोहतीमा रहेको भगवति मन्दीरबाट ल्याइएको फूलपाती सम्मान गारत सहितको टोलीले बाजा गाजा सहित पूजाघरमा भित्र्याएको हो । कार्यक्रममा गुरु गोरख गुल्मका गुल्मपति, सेनानी कृष्ण चन्द्र ठकुल्ला, सशस्त्र प्रहरी बल, नेपाल नम्बर ४४ गण हेडक्वाटरका गणपति नरेन्द्र बम, नेपाल प्रहरीका डिएसपी मनोहर प्रसाद भट्टसमेत सहभागी हुनु भएको थियो ।

आश्विन शुक्ल प्रतिपदाका दिनमा वैदिक विधिपूर्वक घटस्थापना गरी जमरा राखेपछि सुरु हुने नेपालीको महान् चाड दसैैँ तथा दुर्गापूजाको सामाजिक चहलपहल भने फूलपातीका दिनदेखि बढ्ने गर्छ । घटस्थापनाका दिन जमरा राखिएको पूजाकोठामा पmूलपातीका दिन कालरात्रिको विशेष पूजा गरिन्छ । आजैका दिनदेखि दसैं बिदा पनि सुरु भएको छ ।


सुभकामना

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय