दार्चुला कात्तिक ०९ । जिल्लामा सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको आयोजनामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । कात्तिक १३ गते मनाइरहेको १७ औँ वार्षिकोत्सवका अवसरमा मंगलवार जिल्ला सदरमुकाम खलंगामा रहेको महेन्द्र नमुना माध्यामिक विद्यालयमा वित्तीय सारक्षता कार्यक्रम गरेको हो । महेन्द्र नमुना माविका कक्षा ११ र १२ मा अध्ययनरत व्यवस्थापन संकायका १०० जना विद्यार्थीलाई संलग्न गराइ कार्यक्रम गरेको सांग्रिला बैंक दार्चुला शाखाका प्रमुख प्रकाश रेग्मीले जानकारी दिए ।

वित्तीय साक्षरता कार्यक्रममा बचत, कर्जा, खर्च व्यवस्थापन, उद्यमशीलता, पैसाको महत्व, नोटको जतन, बीमा, वित्तीय साक्षरताको महत्व, बैंकका प्रकार लगायतका बारेमा जानकारी गराइएको थियो । यहि कात्तिक १३ गतेको आफ्नो १७ औं वार्षिकोत्सवको अवसर पारेर जिल्लामा संस्थागत सामाजिक उत्तरदायित्वका अन्य कार्यक्रमहरु गर्ने उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय