दिपक खाती दार्चुला कात्तिक १० । एसिया का दुई ठुला शक्तिशाली रास्ट्र भारत र चीन शीत सिमाना जोडिएको समारिक महत्त्व बोकेको त्रीदेशिय नाकामा सिमा प्रहरी झै बसेको ब्यास गाउँपालिका साबिक का ५ वटा गाउँ बिकास समिति मिलेर बनेको हो ।

भौगोलिक रूपमा बिकट तर सास्कृतिक धार्मिक एवं पर्यटकिय हिसाबले प्रचुर सम्भावना बोकेको ब्याँस गाउँपालिका हिन्दु धर्मावलम्बीको प्रबित्र धार्मिक तिर्थस्थल कैलाश मानशरोवरको प्रवेश द्वारका रूपमा रहेको ब्यास गाउँपालिका लाई प्रकृतिको खुल्ला सङग्रालय भन्न सकिन्छ । अहिले ब्यास गाउँपालिकाको नेतृत्व एक इमानदार कर्तव्यवान निस्वार्थ बिकास प्रेमी दुरदृस्ठि सोच भएको,रास्ट्रप्रेमी ब्यक्ति,कम बोल्ने,स्पष्ट बोल्ने, जनप्रीय नेता दिलिप सिह बुढाथोकी ज्यु ले गर्दैछन ।

आज दिलिप सिह बुढाथोकी ज्यु ले ब्यास गाउँपालिका को अध्यक्ष ज्यु को कार्यकाल सकिदैछ अर्थात ब्यासी जनताले दिलिप सिह बुढाथोकी लाई नेतृत्व सुम्पेको ५ बर्ष पुरा हुँदैछ जनताले आफ्नो अमुल्य मत दिएर गाउँपालिका अध्यक्ष पदमा दिलिप सिह बुढाथोकी लाई जिताए पछि ब्याँस गाउँपालिकाको सर्वाङगिण विकास गरि ब्याँस गाउँपालिका लाई समृद्ध,समुन्नत गाउँपालिका बनाउन गाउँपालिका अध्यक्ष ज्युले स्थानीय सरकारको स्रोत साधन र अधिकारले भ्याए सम्मका विकास निमार्णका कामहरु गरेर र आफ्नो क्षमता भन्दा बाहिरका विकास निमार्णका काम गर्न संघ,प्रदेश सरकार संग समन्वय सहकार्य गरेर ब्याँसमा समृद्धिका आधारस्तम्भ खडा गरेको छ ।

गाउँपालिका अध्यक्ष ज्युले गरेका जनप्रिय कामहरु देखेर ईष्र्या डाहाले जलेर संकिर्ण बिचार बोकी राजनिती गर्ने,गैरजिम्मेवार ब्याँसका कम्युनिष्ट हरु आफ्नो व्यक्तिगत स्वार्थको लागि गाउँपालिकाको र गाउँपालिका अध्यक्ष ज्युको बदनाम गर्ने उद्धेश्यले बेलाबेलामा मिथ्या र तथ्यहिन आरोप लगाएर विरोध गर्ने गर्छन् । तर एक ईमान्दार जनसेवकलाई कसैको विरोधले केही फरक पर्दैैन उ निरन्तर देश जनता र समाजको हितमा सधै समर्णपित भएर हिड्छ । ब्याँस गाउँपालिका लाई समृद्ध गाउँपालिका बनाउन आज सम्म  शिक्षा,स्वास्थ्य,यातायात,खानेपानी,संचार,विद्युत लगायतका क्षेत्रमा गाउँपालिका अध्यक्ष दिलिप सिंह बुढाथोकी नेतृत्वको टिमले गरेका जनप्रिय कामहरु ।

1 ब्याँस गाउँपालिकाको प्रशासकीय भवन निमार्ण कार्य तीब्र गतिमा संचालनमा रहेको छ । पहिलो तलाको छत ढलान भई सकेको छ ।
2 पुर्वाधार विकास गरी विद्यालयको शैक्षिक गुणस्तर उकास्न ब्याँस गाउँपालिका वडा नं. ४ मा रहेको सम्पाल मा.वि सुन्सेराको विद्यालय भवन निमार्ण कार्य सुुरु भईसकेको छ ।
3 सडकको पहुँच भन्दा टाढा रहेका गाउँ बस्तीलाई सडक सञ्जालसंग जोड्न ब्याँस गाउँपालिकाको वडा नं ६ को घोरेठा बजार देखि हुती,खातीगाउँ बाननी जोड्ने र घोरेटा बजार देखि हिमालय मा.वि हुती हुदै मालिकार्जुन मन्दिर सम्मको सडक निमार्ण भएको छ ।
4 वडा नं.५ को तिग्रम,चुकपानी हुदै नेपाल भारत जोड्ने झोलुङ्गे पुल सम्मको सडक निमार्ण भएको छ ।
5 वडा नं.५ को दर्वा खोला हुदैँ चन्दाकोट सम्म जोड्ने सडक निमार्ण भएको छ ।
6 वडा नं.४ को कोरकट्या देखि पत्थरकोट जोड्ने सडक निमार्ण भएको छ ।
7 वडा नं. ४ को गल्था देखि मडगाउँ जोड्ने सडक निमार्ण भएको छ ।
8 वडा नं.३ को गोईला देखि सिना तातोपानी जोड्ने सडक निमार्ण प्रक्रिया अगाडि बढेको छ ।
9 ब्याँस बासी जनताको बहुप्रतिक्षित सडक,कालापानी क्षेत्र,कैलाश मानशरोवर जाने छोटो मार्गका रुपमा रहेको श्रिबगड देखि रामबगड,कालागाड,तुसराडि हुदै गाउँपालिका केन्द्र जोड्ने सडक निमार्ण कार्य अगाडि बढाउन संघ,प्रदेश र स्थानीय सरकार बिच त्रिपक्षिय समझदारी पत्रमा हस्ताक्षर कार्य सम्पन्न भएको छ ।
10 धुवा मुक्त ब्याँस कार्यक्रम अन्तरगत हाल सम्म वडा नं.३,४,५,६ मा ग्यास सिलिण्डर वितरण गरेका छौ ।
11 खर मुक्त ब्याँस अन्तरगत ब्याँसका खर छाप्रो भएका घर धुरीलाई जस्तापाता वितरण गरेका छौ ।
12 हिलो मुक्त ब्याँस गाउँपालिका कार्यक्रम अन्तरगत हाल सम्म १७१७८(सत्र हजार एक सय अठहत्तर) मिटर गोरेठो बाटो र १२०८(एक हजार दुई सय आठ मिटर¬) मिटर उअअ बाटो निमार्ण भएको छ ।
13 गाउँपालिकाका विभिन्न वडाहरुमा १० वटा सामुदादिक भवनहरु निमार्ण गरिएका छन् ।
14 शिशु कक्षाका विद्यार्थीको वसाई व्यवस्थित गरि सिकाईको स्तर उकास्ने उदेश्यले गाउँपालिका भरिका २० वटा विद्यालयमा पी—फर्म,कार्पेट,गोलो टेवल वितरण गरिएको छ ।
15 ब्याँस गाउँपालिकाको एक मात्र उच्च शैक्षिक संस्था अपि नाम्पा क्याम्पसको भवन निमार्ण कार्य सम्पन्न भएको छ ।
16 जनताले आफ्नो घर नजिक गुणस्तरीय स्वास्थ्य सेवा सहज ढंगले पाऊन सकून भन्ने उदेश्यले स्वास्थ्य संस्थाको पहुँच भन्दा टाढा रहेका गाउँपालिका भरिका विभिन्न गाउँवस्तीमा वडा नं.२ को दुम्लिङमा वडा नं.३ सिनामा,वडा नं.४ डोकटमा सामुदायीक स्वास्थ्य ईकाइ केन्द्र,वडा नं.५ धौलाकोट स्याकुमा वर्थिङ सेन्टर,वडा नं.६ को खातीगाउँमा ग्रामिण स्वास्थ्य ईकाइ केन्द्र स्थापना गरिएका छन् ।
17 बाल मृत्युदर शुन्य बनाई आमा र बच्चाको स्वस्थ्य जिवन सुरक्षा गर्न ६ वटा प्रसूति गृह स्थापना गरिएको छ ।
18 गर्भवति महिला र गर्भमा रहेको शिशुको स्वास्थ्य परिक्षण गरी महिलाले स्वस्थ,सुरक्षित बच्चा जन्माउन सकुन भन्ने उदेश्यले ग्रामीण क्षेत्रमाअल्ट्रासाउण्ड कार्यक्रम निरन्तर रुपमा संचालन गरिएको छ ।
19 ब्याँस गाउँपालिका भित्र जन्मे देखि १५ महिना भित्रका बालबालिका हरुले पाउनु पर्ने खोपहरु पाएको सुनिश्चित गरि पुर्णखोप युक्त गाउँपालिका घोषणा गरिएको छ ।
20 जनताको जिवन रक्षा हाम्रो दायित्व सम्झेर हाल सम्म ९ जना मुटु रोगि,११ जना क्यान्सर रोगि र ३ जना मृगौला रोगि लगायत जम्मा २४ जना लाई उपचारको लागि आर्थिक सहायता उपलब्ध गराईएको छ ।
21 विद्यालयमा विद्यार्थी बसाई व्यवस्थापन गरी विद्यार्थीको सिकाई स्तर माथी उकास्न आ.व २०७७÷०७८ सम्म गाउँपालिका भरि जम्मा १० वटा पक्की विद्यालय, ६ वटा शौचालय निमार्ण गरिएका छन् ।
22 शिक्षक हरुको क्षमता विकासका लागी सबै तहका शिक्षकहरुलाई मागमा आधारित तालिम सञ्चालन गरिएको छ ।
23 ब्याँस गाउँपालिका भित्र शिक्षक दरबन्दी मिलान तथा व्यवस्थापन गर्ने कार्य सम्पन्न गरिएको छ ।
24 विद्यालयमा शिक्षक कर्मचारीको अभाव हुन नदिन गाउँपालिका बाट पारिश्रमिक पाउने गरी विभिन्न विद्यालयमा ४२ जना शिक्षक सहजकर्ता,कर्मचारी नियुक्ति गरिएको छ ।
25 विद्यार्थीको सर्वाङगिण विकास गरी,प्रविधीमुलक ज्ञान सिकाउन गाउँपालिका भरिका सम्पुर्ण आधारभूत तह(६—८) संचालित विद्यालयमा एक एक जना कम्प्युटर शिक्षक र चार जना खेल शिक्षक नियुक्ति गरिएको छ ।
26 व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा प्रणालीलाई सुदृढिकरण गर्न सबै वडा कार्यालयमा कम्प्युटर,प्रिन्टर,स्क्यानर, र द्धन डन्गोल वितरण गरिएको छ ।
27 उज्यालो ब्याँस निमार्ण गर्ने अभियान अन्तरर्गत हाल सम्म वडा नं.४ का अधिकांश बस्ति सम्म विद्युत विस्तार भएको छ साथै बाकि ठाउँमा विद्युत विस्तार कार्य भैरहेको र गाउँपालिका भरी विभिन्न ठाउँमा ३० वटा सडक वत्ति जडान गरीएको छ ।
28 प्रधानमन्त्री रोजगार कार्यक्रमलाई गाउँपालिका अध्यक्ष युवा रोगार कार्यक्रम संग जोडेर चालु आ.ब मा ३५० ब्यक्तिहरुलाई प्रत्यक्ष रोजगारीमा संलग्न गराई गाउँपालिकाका विभिन्न सडकहरुमा सडक वाल निमार्ण गरिएको छ साथै १० किलो मिटर गोरेठो बाटो निमार्ण गरिएको छ ।
29 ब्याँस गाउँपालिकाको उपहार,ब्याँस बासीलाई गुणस्तरीय संचार, अभियान अन्तर्गत वडा नं.२ को राप्लामा रहेको नमस्ते टावरमा र वडा नं. ६ हुतीको दाम्दाकोटमा रहेको नमस्ते टावरमा द्धन सेवा जडान गरिएको छ र सबै कम्पनीका मोबाईलमा द्धन सेवा चल्ने गरी द्धन सेवाको स्तरोन्नतिको लागि पहल गरिएको छ ।
30 सिमा क्षेत्रका नागरिकलाई संचार सेवा उपलब्ध गराउन वडा नं.१ को छाङरुमा नमस्ते फोनको टावर निमार्ण गरिएको छ
31 संचारको पहुँच भन्दा टाढा रहेका वस्तिमा संचार सेवा पुगाउन वडा नं.५ मा नमस्ते टावर निमार्णको लागि सर्भे भएको छ ।
32 सहकारी क्षेत्रहरुको क्षमता अभिबृद्धि गर्न एवं वित्तीय सुशासन कायम गराई यस गाउँपालिका भरिका सहकारी संस्थाहलाई तालिम दिईएको छ ।
33 कोरोना महामारीको संक्रमण न्युनीकरण गर्दै कोरोना संग जुध्न ब्याँस गाउँपालिकाको वडा नं.६ हुतीमा १० शैयाको अक्सिजन सहितको आईसोलेसन निमार्ण गरिएको छ ।
34 कोरोना संक्रमण समुदाय स्तरमा फैलिन नदिन एवं संक्रमितहरुको मनोबल उच्च राख्न टोल टोलमा स्वास्थ्यकर्मी सहित जनप्रतिनिधि गई कोरोना संक्रमण परीक्षण गरिएको र संक्रमितहरुलाई मनो—परामर्श दिईएको छ ।
35 ब्याँसबासी जनताको स्वास्थ्य सुरक्षा हाम्रो दायित्व अभियान अन्तरर्गत हाल सम्म कोभिसिल्ड पहिलो डोज १४१०,कोभिडसिल्ड देस्रो डोज २३८,भेरोसेल पहिलो डोज ९८६ भेरोसेल दोस्रो डोज ३२४ व्यक्ति लाई कोरोना बिरुद्धको खोप लगाईएको छ र १८ वर्ष माथिका सम्पुर्ण नागरिकका लागि खोप माग गरिएको छ ।
36 कृषि पेशा लाई मर्यादित व्यवस्थित तथा कृषकको कार्य बोझ कम गर्न आ.व २०७७÷०७८ मा ३० जना कृषक र ५ वटा कृषि समुहलाई ७५ % अनुदानमा विभिन्न प्रकारका कृषि उपकरणहरु ( मिनि टिलर,कर्न सेलर,सिकेचर,दाते स्प्रेटंकी,कोदो चुट्ने मेसिन जस्ता सामग्रीहरु वितरण गरिएको छ ।
37 कृषिको उत्पादन बढाई कृषकको आय स्तर बृद्धि गर्न वडा नं.२ देखि वडा नं.६ सम्मका ५६ जना कृषकहरुलाई पोलि—हाउस वितरण र १०५ जना कृषक लाई वाली संरक्षण सेवा दिईएको छ ।
38 बिना विषादि वीउँ भण्डारण गर्न गाउँपालिका भरिका ८० जना कृषकहरुलाई ९० प्रतिशत अनुदानमा सुपर ग्रीन ब्याँग वितरण गरिएको छ ।
39 ब्याँस गाउँपालिकालाई फलफुलमा आत्मनिर्भर बनाउन वडा नं.६ को २ वटा कृषि समुह मार्फत १० हेक्टर क्षेत्रफलमा टर्की बाट आयातित १७१३ ओखर विरुवा लगाई ओखर खेती सुरु गरिएको छ ।
40 ब्याँस गाउँपालिकालाई आलुमा आत्मनिर्भर बनाउन वडा नं.३,४,५ को १३ वटा समुह मार्फत २० हेक्टर क्षेत्रफलमा आलु खेति सुरु गरिएको छ ।
41 किसान परिचयपत्र वितरण गर्ने कार्य वडा नं.५ र ६ मा संचालन भईरहेको छ ।
42 अमिलो जातका फलफुल विरुवा उत्पादनका लागि वडा नं. २ र ६ मा बहुउद्धेश्यीय नर्सरी स्थापना गरिएको छ ।
43 खाद्यान्न अभाव हुन नदिन वडा नं.१ को छाङरु वडा नं.२ को राप्लामा खाद्य विक्री वितरण केन्द्र स्थापना गरिएको छ ।
44 ब्याँस बासी जनतालाई आयोडिन युक्त भानु नून सहज रुपमा उपलब्ध गराउन विक्री वितरण गर्न डिपो स्थापना गरिएको छ ।
45 सिपमूलक तालिम दिई महिलाहरु लाई उद्यमी बनाउन लघु उद्यम कार्यक्रम अन्तर्गत गाउँपालिका भरिका महिलाहरुलाई तालिम दिईएको छ ।
46 महिलाहरुलाई आत्मनिर्भर बनाई महिलाको जीवन स्तर माथि उठाउन ब्याँस गाउँपालिकाको आर्थिक सहयोगमा ब्याँसी सौका समाज मार्फत राप्ला र ब्याँसका महिलाहरु लाई नम्कीन तालिम दिईएको छ ।
47 पशु स्वास्थ्य लाई थप प्रभावकारी बनाउन पशु स्वास्थ्य कार्यक्रम अन्तर्गत वडा नं.२,४ र ५ बाट औषधि सहितको प्राविधिक सेवा उपलब्ध गराई ८११०(आठ हजार एक सय दश) वटा पशुपन्छीको निशुल्क उपचार तथा औषधि वितरण गरिएको छ ।
48 प्राविधिक पहँुच नभएका वडाहरुमा कृषकलाई घर दैलो मै पशु स्वास्थ्य सेवा दिने उदेश्यले यस गाउँपालिकाको वडा नं.१,३,४ मा एक दिने पशु स्वास्थ्य तथा रेविज नियन्त्रण शिविर संचालन गरि ११७४(एक हजार एक सय चौहत्तर) वटा पशुपन्छिको उपचार तथा २७०(दुई सय सत्तरी) कुकुरलाई रेबिज बिरुद्धको खोप लगाइएको छ ।
49 गाउँपालिका नजिक सहज रुपमा अण्डाको उपलब्धताको लागि वडा नं. ४ र ६ मा तीन वटा कुखुरा फर्म सुधार कार्य अगाडि बढाईएको छ ।
50 वडा नं. ३ सिनालाई भेडा पकेट क्षेत्रको रुपमा स्थापना गर्दै सिनामा भेडाको ऊन उत्पादनमा बृद्धि गर्न चार वटा भेडा पालन समूह मार्फत ऊन विकासको लागि भेडा प्रबद्र्धन कार्यक्रम सञ्चालन कार्य अगाडि बढाईएको छ ।
51 ब्याँस गाउँपालिकामा भेडा पालनबाट कृषकको जीवन स्तर माथि उठाउन विभिन्न समूह मार्फत भेडा प्रबद्र्धन एवं भेडाको ऊन उत्पादनमा व्यवसायीकरण एवं यान्त्रिकरण ल्याउन कृषकहरुलाई विभिन्न औजार उपकरण वितरण गरिएको छ ।
52 संघ,प्रदेश र स्थानीय सरकारको लागत साझेदारीमा चौरी संरक्षण एवं चौरीको संख्या बृद्धि गर्नको लागि चौरी प्रबद्र्धन कार्यक्रम सञ्चालनमा ल्याईएको छ । जस अन्तरर्गत वडा नं.१ र २ का ३ वटा समूह मार्फत तीनवटा याक र नौ वटा नाक वितरण कार्य भएको छ ।
53 जनतालाई छिटो छरितो आकस्मिक स्वास्थ्य सेवा उपलब्ध गराउन नेपाल भारत मैत्री संघ बाट एम्बुलेन्स प्राप्त भई सञ्चालनमा रहेको छ ।
54 चालु आ.व २०७७÷७८ मा गाउँपालिका भरीका प्राकृति विपत बाढी पहिरो पिडित ३१२ परिवार लाई खाद्यान्न,१५ परिवार लाई नगद राहत दिईएको छ र ६ परिवारको घर निर्माण गर्न पहल गरिएको छ ।

यो लेख सँग अन्लाईनको कुनै सम्वन्ध छैन । सार्वाधिकार लेखक दिपक खाती नै हुनेछ । 


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय