दार्चुला कात्तिक १२ । दुहुँ गाउँपालिका विपद् ब्यवस्थापन समितिको बैठक सम्पन्न भएको छ । शुक्रवार गाउँपालिका अध्यक्ष पुलेन्द्र बहादुर कार्कीको अध्यक्षतामा सम्पन्न बैठकले विभिन्न निर्णय पारित गरेको छ ।
गत भाद्र १३ गते रातिको अविरल बर्षा र कात्तिक १,२,३, गतेको मनसुनी बर्षाका कारण पूर्ण घर विस्थापित संख्या र उच्च जोखीमयुक्त संख्या एकिन गरी सम्वन्धित विभागलाई राहत, पुनस्थापना र पुन निर्माणको लागी सिफारिस गर्ने निर्णण पारित भएको गाउँपालिका निमित्त प्रमुख प्रशासकिय अधिकृत भुपेन्द्र सिह बडालले जानकारी दिए ।
अहिले अस्थाई टहारा निर्माणको लागी ५० हजार गृह मन्त्रालयवाट दिने निर्णय भएको र त्यसै अनुरुप स्थानिय विपद् ब्यवस्थापन समितिले जिल्ला विपद् ब्यवस्थापन समितिलाई र जिल्लाले केन्द्र विपद् ब्यवस्थापन समितिलाई सिफारिस गर्ने छ । त्यसको लागी उच्च जोखीम र पुर्ण विस्थापित वस्तीको एकिन भैरहेको गाउँपालिकाले जनाएको छ ।
अहिले तत्कालको लागी मात्रै अस्थाई टहरा निर्माणको लागी सरकारले ५० हजार दिने र भुर्गभविद्को टोलीले माटो परिक्षण गरीसकेपछि रिपोर्टको आधारमा बस्ती पुन स्थापन र पुन निर्माणको लागी सरकारले ५ लाख दिने भएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय