धनगढी कात्तिक २३ । सुदूरपश्चिम प्रदेश सभाका सचिव रामसिंह धामीले सरकारी गाडीमा रजाइ गरेको पाइएको छ। सचिव धामीले सरकारी गाडी श्रीमतीलाई सिकाउन लगेको पाइएको हो। सचिव धामीले दसैं विदाको समयमा महेन्द्रनगर घर गाडी लगेका थिए। उनले श्रीमतीलाई गाडी सिकाउदा उक्त गाडी ठोक्किएर बिग्रियो। गाडी बिग्रेपछि मर्मतका लागि १ लाख १६ हजार सरकारी रकम खर्च भएको छ। विदाको समयमा श्रीमतीलाई गाडी सिकाउदा गाडी ठोक्किएर मर्मत गर्नुपरेको स्रोतले जनाएको छ।
प्रदेश सभाका उपसचिवले चढ्ने से १ झ २९८ नम्बरको गाडी प्रदेश सचिव धामीले दसैं विदाको समयमा घर लगेका हुन्। स्रोतका अनुसार बिग्रेको गाडी धनगढीको बोराडाँडीमा रहेको नेपाल अटो वर्क सपमा मर्मत गरिएको हो। मर्मत गर्दा लागेको खर्च प्रदेश सभाबाट भुक्तानी गर्न स्टिमेट उठाइएको समेत बताइएको छ। दिनेश खवर
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to siddatopikhabar
Made with ❤️ By Gorkhaly Labs