दार्चुला कात्तिक २८ । नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशन प्रतिनिधि छनौट सर्वसम्मत टुंगिएको छ । शुक्रबारबाट सुरु भएको प्रतिनिधि छनौट आइतबार सर्वसम्मत रुपमा छनौट भएको हो ।
दार्चुलाबाट प्रतिनिधि छनौटको लागि पुरुष खुलातर्फ ६ जना, महिला ४ जना र दलित २ जना प्रतिनिधि छनौट भएका छन् । निर्वाचन समितिका संयोजक हिरासिह धामीका अनुसार खुला पुरुषको लागि १५ जनाको उम्मेदवारी परेको थियो ।
जिल्लाबाट खुला पुरुषतर्फबाट रामदत्त जोशी, ज्ञानेन्द्र घर्ती, प्रेमसिह धामी, देवसिह महर, हरदेव जोशी, गेल्बुसिह बोहरा, छनौट भएका छन् । यस्तै महिलातर्फ ४ जनाको लागि ७ जनाको उम्मेदवारी परेको थियो ।
महिलातर्फ महाधिवेशन प्रतिनिधिको लागि उर्मिला बोहरा, दुर्गादेवी धामी, गौरी बडाल र मेनका अवस्थी सर्वसम्मत हुनुभएको हो । महिला प्रतिनिधिको लागि उम्मेदवारी दिएकामध्ये कमला विष्ट, हिरादेवी अवस्थी, माधवी जोशीले उम्मेदवारी फिर्ता लिनुभएको हो ।
दलित प्रतिनिधितर्फ भने लालबहादुर विश्वकर्मा र दानीराम पार्की सर्वसम्म चयन भएका छन् । एमााले सबै स्थानीय तह र भूगोल मिलाएर प्रतिनिधी छनौट गरेको जनाएको छ । सारथी खवर
ताजा समाचार
लोकप्रिय
© 2025, All right reserved to siddatopikhabar
Made with ❤️ By Gorkhaly Labs