दार्चुला, कार्तिक २९ । आईतवार राति १ वजेवाट अवरुद्ध भएको जिल्लाको विद्युत सेवा संचालनमा आउन सकेको छैन । बरमुडे क्षेत्रमा ठेकेदार कम्पनिले मापदण्ड विपरीत लामो दुरीमा पोल राखी विद्युत लाईन संचालन गरेको हुदा वेला वेलामा तार छुटेर जिल्ला सदरमुकाम लगायत क्षेत्रको विद्युत पुर्ण रुपमा प्रभावित हुने गरेको छ ।
चमेलिया जल विद्युत आयोजनावाट जिल्ला सदरमुकाम खलंगा सम्म विस्तार गरिएको विद्युतीय लाईन अन्तर्गतको बरमुडे क्षेत्रका नियमविपरीत लामो दुरी गरी पोल गाड्दा तार छुटेको वुझनमा आएको छ ।
जिल्लाको शैल्यशिखर नगरपालिका वडा नम्वर ६ मा पर्ने वरमुडे क्षेत्रमा विस्तार गरिएको ३३ केभिए लाईनका पोलहरु मापदण्ड विपरीत ५० मिटर भन्दा ३ गुणा वढी दुरीमा राखिएका पोलका कारण तार छुट्न पुगेको हो ।
आईतवार राति १ बजे अवरुद्ध भएको लाईन मर्मत भैरहेको नेपाल विद्युत प्राधिकरण दार्चुला वितरण केन्द्रले जनाएको छ ।
दार्चुला वितरण केन्द्रका अनुसार सो क्षेत्रमा पोलको दुरी लामो भएका कारण नजिक नजिक पोल गाड्ने कार्य भैरहेको र जंगल ठुलो भएका कारण विद्युतीय लाईन सुचारु गर्न कठिनाई भैरहेको प्राविधिकहरुले वताएका छन ।
विद्युत अवरुद्ध हुँदा जिल्लामा सदरमुकाम खलंगा लगायत आसपासका क्षेत्रहरु, जिल्ला स्थित संचारमाध्यमहरु पुर्ण रुपमा प्रभावित भएका छन । ३३ केभिए लाईन विस्तारको क्रममा ठेकेदार र तत्कालीन प्राधिकरण प्रमुखको मिलेमतोमा चरम भ्रष्टाचार भएको जिल्लावासी स्थानियले आरोप लगाएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय