दार्चुला, मंंसिर ०१ । ऐतिहासिक जोलजिबी मेला हाम्रो सान, कला सस्कृति र पर्यटन प्रर्बद्धन हाम्रो अभियान’ भन्ने मूल नाराका साथ ऐतिहासिक सास्कृतिक महोत्सवको आज एक औपचारिक कार्यक्रमका बिच उद्घाटन गरिएको छ । व्यापारीक दृष्टिकोणले चिनिने यो मेलालाई सुदूरपश्चिम प्रदेशका उपसभामूख निर्मला बडाल जोशी र जिल्ला समन्वय समिति दार्चुलाका प्रमुख करविर बहादुर कार्कीले उद्घाटन गर्नु भएको हो । नेपाल र भारतको सीमा क्षेत्र एवं काली र गोरी नदीको संगम स्थलमा मालिकालिर्जुन गाउँपालिकाको आयोजनमा आजबाट मेला महोत्सव सुरु भएको हो । गाउँपालिकाका अध्यक्ष नरेन्द्र सिंह धामीको अध्यक्षतामा भएको एक कार्यक्रमका बिच मेलाको उद्घाटन गरिएको अध्यक्षका स्वकिय सचिव रवि धामीले जानकारी दिए ।
ऐतिहासिक जोलजिवी मेला महोत्सवको उद्घाटन शत्रमा बोल्दै सुदूरपश्चिम प्रदेशका उपसभामुख निर्मला बडाल जोशीले सामरिक महत्व बोकेको जोलजिवी मेला महोत्सवले पर्यटन प्रवद्धनमा टेवा पु¥याउने बताए । कार्यक्रमका विशिष्ट अतिथि जिल्ला समन्वय समिति प्रमखु करबीर बहादुर कार्कीले जोलजिवि मेलाले विशेष महत्व बोकेको तथा दुई देश बिचको सिमामा भएका कारण नेपाल र धारतको सिमा सम्बन्ध अझ मजबुत हुने बताए । मेलाले धार्मिक, साँस्कृतिक तथा ऐतिहासिक महत्व बोकेको भन्दै यस किसिमका मेला महोत्सव आयोजना गरिनु पर्यटन प्रवद्धनको लागि उपलब्धिमूलक हुने बताए । विगतमा पूर्खाहरुले लगाउँदै आएको पहिरन, भाषा, संस्कृति र यस क्षेत्रमा रहेका धार्मिक क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा चिनाउन स्थानिय सरकारले गरेको पहल स्वागत योग्य रहेको उनको भनाइ थियो ।
दार्चुलाको मालिकार्जुन गाउँपालिका संग सीमाना जोडिएको भारतीय बजार जौलजीविमा नोभेम्बर १४ तारिखका दिन उद्घाटन गरीए पनि नेपालमा भने आज मात्रै मेलाको उद्घाटन गरीएको हो । मेलामा यस क्षेत्रका विभिन्न संस्कृति तथा भेषभुषा झल्कने साँस्कृतिक झाकी प्रदर्शनी, कृषि उत्पादनका बस्तु, डोकोडालो, सुप्पा तथा माटाका भाँडाकुडा समेत व्यापारीहरुले विक्री गर्ने गर्दछन् । मेला मंसिर ११ गते सम्म चल्ने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय