दार्चुला, मंंसिर ०३ । नेपाली काँग्रेस दार्चुलाको सातौँ महाधिवेशन अन्तर्गत सहमतिमै नेतृत्व चयन गर्न नेविसंघले दबाब दिने भएको छ । बिहीवार जिल्ला सदरमुकाम खलंगामा बसेको नेपाल विद्यार्थी संघ दार्चुलाको बैठकले हुन बाँकी रहेको प्रदेश क्षेत्रीय अधिवेशन र जिल्ला अधिवेशनबाट सर्वसम्मती मै नेतृत्व चयन गर्न नेता कार्यकर्ताहरुमा दबाब दिने निर्णय गरेको हो ।

मंसिर ४ गते हुने प्रदेश सभा क्षेत्रीय अधिवेशन र ७ गते हुने जिल्ला अधिवेशनबाट सर्वसहमतीमै नेतृत्व चयन गर्न दबाव दिने बैठकले निर्णय गरेको नेविसंघ प्रवत्ता दिपक खातीले जानकारी दिए । निर्वाचनमार्फत नेतृत्व चयन गर्दा पार्टीमा आन्तरिक एकता कमजोर हुने र त्यसको प्रत्यक्ष असर चुनावमा पर्ने भएकाले एकताका साथ सर्वसहमतिमै नेतृत्व चयन गर्न नेविसंघले सक्रियता देखाएको छ ।

वडा, पालिका र नगर अधिवेशनमा धेरैले पदीय जिम्मेवारी पाएको तथा बाँकी प्रदेश प्रतिनिधि र महाधिवेशन प्रतिनिधिका लागि बाटो खुलाउन समेत नेविसंघले सुझाएको छ । नेविसंघले अधिवेशन सफल पार्न व्यवस्थापकीय क्षेत्रमा महत्वपूर्ण सहयोग गर्ने जनाएको छ । साथै बैठकले मृगौला पीडित नेविसंघका कोषाध्यक्ष अर्जुन धामीको आर्थिक सहयोगका लागि अभियानलाई अधिवेशनमा पनि निरन्तरता दिने निर्णय गरेको छ । काँग्रेस प्रदेश क्षेत्रीय अधिवेशन र जिल्ला अधिवेशनमा धेरै जना आकांक्षी देखिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय