दार्चुला, मंसिर ०३ । जिल्लाको दुहुँ गाउँपालिकालाई सरकारले संकटग्रस्त गाउँपालिकाको रुपमा घोषणा गरेको छ । मंसिर २ गते बसेको शेर बहादुर देउवा नेतुत्वको मन्त्रीपरिषद्को बैठकले गत भाद्र १३ गते रातिको अविर वर्षाका कारण वाढि र पहिरोले क्षत विक्षत वनेको दुहुँ गाउँपालिकालाई संकटग्रस्त गाउँपालिकाको रुपमा घोषणा गरेको हो ।

सरकारको निर्णयले अविरल वर्षा सँगै आएको विनासकारी बाढी पहिरोले निम्त्याएको भौतिक क्षतिलाई पुर्ननिर्माण, पुनःस्थापन गर्न र पिडितहरुलाई उचित राहतको व्यवस्था गर्न सहज हुने गाउँपालिका अध्यक्ष पुलेन्द्रबहादुर कार्कीको भनाई छ ।

‘उक्त निर्णय कानुन न्याँय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र प्रसाद बडूको विशेष पहल भएको भन्दै गाउँपालिका अध्यक्ष कार्कीले नेपाल सरकार र कानुन मन्त्री बडूलाई विशेष धन्यवाद दिएका छन ।

गृहमन्त्रालयले बाढीपहिरोबाट भएको क्षतिको पुर्ननिर्माण तथा पीडितका लागि विशेष कार्यक्रम ल्याउने जानकारी दिएको अध्यक्ष कार्कीले वताए ।
सरकारले पुनःस्थापना र पुर्ननिर्माणका लागि विशेष प्याकेज ल्याउने र गृहमन्त्रालयले भौतिक संरचना निर्माणका लागि छुट्टै कार्यक्रम सञ्चालन गरी बजेट दिने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय