दार्चुला, मंसिर ०९ । जिल्लाकै सर्वाधिक धनराशी भएको पुरुष भलिवल प्रतियोगिताको फाईनमा राष्ट्रिय स्तरका कलाकारहरुको वेजोड प्रस्तुती रहने भएको छ । त्यसका लागि राष्ट्रिय कलाकारहरु जिल्ला पुगेको आयोजकले जनाएको छ ।
कलाकारहरुमा गायक अर्जनु कौशल, सुरेश शाही, गायीका पुष्पा बोहरा, हास्य कलाकार दिपक थापा, गायीक सुमी तामी परीयार, लोक तथा पप गायक अर्जुन कोशल र रक कौशल लगायतका कलाकारहरु विहिवार नै जिल्ला पुगिसकेको खेलकुद संरक्षक अमन वोहराले जानकारी दिए ।
व्यासँ गाउँपालिकाको सान, युवा खेलाडीको सम्मान, सदभाव, शान्ती र सम्वृद्धि हाम्रो पहिचान ,,भने मुल नाराका साथ यहि मंसिर ४ गते उद्धघाटन गरिएको प्रतियोगित बिहिवार फाईनल हुने भएको छ । फाईनलमै कलाकारहरुको पनि वेजोड प्रस्तुति रहने भएको छ ।