दार्चुला मंसिर १०। जिल्लाकै सर्वाधकि धनराशी भएको पुरुष भलिवल प्रतियोगिता सम्पन्न भएको छ । जिल्ला सदरमुकाम खलंगास्थित खुलामञ्चमा सञ्चालित पुरुष भलिबल प्रतियोगिताको उपाधी आयोजक टिम छाङ्गरुले हात पारको छ । दुँहु गाउँपालिकालाई ३ शुन्यको सेटमा हराउदै आयोजक विजेता भनको हो भने दुहुँ उपविजेता वनेको छ ।

विजेता आयोजक टिमलाई नगद रु १ लाख ११ हजार १ सय ११ नगद सिल्ड र प्रमाण प्रदान गरिएको छ भने उपबिजेता दुहुँ गाउँपालिकाको टिमलाई ५५ हजार ५ सय ५५ नगदसहित मेडल सिल्ड र प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ।

व्यास गाउँपालिकाको सान, युवा खेलाडीको सम्मान, सदभाव, शान्ती र सम्वृद्धि हाम्रो पहिचान भने मुल नाराका साथ यहि मंसिर ४ गतेबाट सुरु भएको भलिबल प्रतियोगिता शुक्रवार सम्पन्न भएको हो । सबै खेलमा उत्कृष्ट खेलाडी, वेष्ट डिफेन्डर, वेस्ट सटर, वेस्ट स्पाईकर, र अनुशासित टिमलाई ट्रफि प्रदान गरिएको आयोजनकले जनाएको छ ।

उदयमान खेलाडीको सहभागिता गराउने गरि छाङ्गरु खेलकुद तथा सांस्कृतिक समितिले खेल संचालन गरेको थियो । प्रतियोगितामा १२ टिमको सहभागिता रहेको थियो । शुक्रवार समापनको दिन राष्ट्रिय स्तरका कलाकारहरुको समेत वेजोड प्रस्तुति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय