दार्चुला, मंसिर ११ । नेपाली काँग्रेस दार्चुलाको सातौ जिल्ला अधिवेशनमा नेपाली काँग्रेस जिल्ला सभापतिका प्रत्याशी उम्मेदवार अमर सिंह धामीले सभापतिमा निर्वाचित ललित सिंह बोहरालाई अंकमाल गरेर बधाई दिएका छन ।

नेपाली कांग्रेस पाटी कार्यालयमा आयोजना गरिएको वधाई तथा शुभकामना कार्यक्रममा उनले अंकमाल गर्दै सभापति बोहरालाई पुर्ण कार्यकालको शुभकामना दिएका छन ।

सोही कार्यक्रममा वोल्दै उपविजेता धामीले नेपाली काँग्रेस पाटीको लागि हरबखत एक ढिक्का भएर लाग्ने वाएका हुन्न । घरभित्रको चुनाव भएका कारण आफु पराजित नभएको वताएका हुन। लोकतान्त्रिक पद्धतिमा हार जित स्वभावीक हुने भन्दै एउटै पाटी भित्रको यो हार नभई आफ्नो पनि जित भएको वताए ।

यो तस्विरले लोकतान्त्रिक पाटीमा निकै राम्रो सन्देश दिएको भन्दै सम्पुर्ण कांग्रेस शुभचिन्तकहरुले धामीलाई विशेष धन्यवाद दिएका छन । कोहि नेताहरु चुनाव हारेको भन्दै अर्काेलाई आरोप प्रत्यारोप लगाई रहेको छन भने धामी आफै शुरुमै दोसल्ला ओढाई वधाई दिन पुगेका छन । असल नेतामा हुनु पर्ने गुण धामीमा रहेको पाईएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय