प्रेमराज जोशी, दार्चुला, मंसिर १३ । भारतीय राजदुतावास काठमाडौँका नियोग उपप्रमुख नामग्य सी। खम्पा सोमवार दुहुँ गाउँपालिका पुगेर दुहुँका वाढि पहिरो पिडितलाई कम्वल वितरण गरेकी छन । भाद्र १३ गते रातिको अविर वर्षा सँगै आएको विनासकारी वाढि पहिरोले विस्तापित ६२ घरपरिवारलाई २÷२ विलेङकेट कम्बल वितरण गरेको दुहुँ गाउँपालिका अध्यक्ष पुलेन्द्र बहादुर कार्कीले जानकारी दिए ।
त्यस्तै गाउँपालिकाको वडा नम्वर ३ मा रहेको जनविकास माध्यामिक विद्यालय वारवाँजलाई १ विद्यालय वस र गाउँपालिकाको वडा नम्वर ४ को स्वास्थ्य चौकी धारीलाई १ एम्वुलेन्स दिने घोषणा गर्नु भएको हो । कागज प्रक्रिया सवै भैसकेको र अवको केहि दिनमै भारतीय राजदुतावास काठमाडौँ नियोगमा नै हस्तान्तरण गर्ने कार्यक्रम रहेको वुझिएको छ । भन्सारको काम मात्रै वाकि रहेको र अरु सवै कागजी प्रक्रिया पुरा भैसकेको खम्पाले बताए ।
त्यस्तै दुहुँ गाउँपालिका वडा नम्वर २ को गौरीलमाण्डौँ माध्यामिक विद्यालय र जनविकास माध्यामिक विद्यालय वारवाँजको बिद्यालय भवन निर्माणको लागि अर्थमन्त्रालयमा गाउँपालिकाले पठाएको प्रस्तावमा पनि कुल वजेटको ८० प्रतिशत लगानी गर्ने र आफु नै आएर शिलान्यास गर्ने घोषणा गर्नु भएको जिल्ला समन्वय समिति प्रमुख करवीर बहादुर कार्कीले वताए । सी। खम्पालाई दुहुँ गाउँपालिकाका स्थानिय कलाकारहरुले वाजागाजा सहित जनविकास माध्यामिक विद्यालयमा स्वागत गरेका थिए ।
भारतीय राजदुतावास काठमाडौँका नियोग उपप्रमुख नामग्य सी। खम्पा शनिवार जिल्ला पुग्नु भएको थियो । उनले आईतवार महाकाली नगरपालिकाको मालिकार्जुन माध्यामिक विद्यालय धाप र मोती महिला आधारभुत विद्यालय भवनको समउद्धघाटन गर्नु भएको थियो । मैत्रिपुर्ण भ्रमणमा रहनु भएकी खम्पा आजै कौलाश एयरको हेलीकप्टर मार्फत काठमाडौं फर्किएकि छन ।