मनिसा विष्ट
मानव जतिजति दिनका पत्र पल्टाउन्छ ,
भोलिको श्रिगणेश गर्दै जान्छ ,,,
ऋण लिन जांदा साहु भन्छ भोलि ,
लेख लिन जांदा लेखक भन्छ भोलि ,
तारिख लिन जादा बाहिदार भन्छ भोलि ,
तलब लिन जांदा तहबिलदार भन्छ भोलि ,
चोक बडारिदे भन्दा कुचिकार भन्छ भोलि ,
लोग्नेले टोपी धुईदेउ भन्दा स्वास्नी भन्छे भोलि ,
तर
भोलिलाई नभेट्दै मानिस मर्छ ,,,,,,,,,
त्यसैले
भोलिवाद हाम्रो ईश्वर हो
भोलिवाद हाम्रो संस्कृति हो
भोलिवाद हाम्रो दर्शन हो
भोलिवाद हाम्रो राजनीति हो
भोलिवाद हाम्रो प्रशासन हो
भोलिवाद हाम्रो सामाजिक व्यहार हो
भोलिवाद हाम्रो वातावरणै हो
तर
अपवाद रूपमा भोलिवादले खुट्टो नघुमाएको चिज
त्यो हो खाना
रात रहे अग्राख पलाउन्छ भन्दै भएभरको
खाना एकैदिन बुत्याईदिन्छ यो भोलिवादको गुण हो
विष्ट सिद्धटोपी खवरको ब्याँस गा.पाको विशेष संवाददाता हुन्न ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय