काठमाडौं । नेपाली कांग्रेसमा सभापति चयनका लागि भएको पहिलो चरणको चुनावमा उम्मेदवारले बहुमत पुर्‍याउन नसक्दा पुनः मतदान हुने भएको छ ।भर्खरै सार्वजिनक मतपरीणाम अनुसार सभापतिका पाँच जना उम्मेदवारमध्ये कसैले पनि ५० प्रतिशत मत कटाउन नसकेपछि पहिलो र दोस्रो अर्थात शेरबहादुर देउवा र शेखर कोइरालाबीच दोस्रो चरणको चुनाव हुने निश्चित भएको हो ।देउवाले सबैभन्दा बढी मत पाए पनि उनले ८३ मत पुर्‍याउन नसक्दा निर्वाचन हुन लागेको हो । कुल ४६७९ मतमा देउवाले २२५८ मत पाए ।कोइरालाले १७२९ मत पाएका छन् ।यसैगरी,प्रकाशमान सिंहले ३७१, विमलेन्द्र निधिले २४९ र कल्याण गुरुङले २० मत पाए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय