दार्चुलाको पुलघाट सीमा नाकामा लागू औषध कारोबारीको सक्रियता बढेको छ । खुल्ला सीमा नाकाका कारण कारोबारीले सीमावर्ती भारतीय बजारबाट लागूऔषध दैनिकजसो नेपाल भित्रियाउने गरेका छन् । अनेक बहानामा नाकासम्म पुगेर लागूऔषध ल्याउने गरेको तथ्यबाहिर आएको छ ।‘कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि बन्दाबन्दी सकिएको छ । सीमावर्ती बजारमा चहलपहल शुरु भएसँगै कारोबारीको पनि सक्रियता बढेको देखिन्छ’ दार्चुलाका प्रहरी उपरीक्षक मनोहरप्रसाद भट्टले भन्नुभयो, ‘कारोबारीले विभिन्न बहानामा लुकाईछिपाई लागूऔषध भित्र्याउने गरेको सुनिन्छ ।
लगूऔषध कारोबार बढेपछि प्रहरीले त्यस क्षेत्रमा सक्रियता बढाएको छ । शंकास्पद व्यक्तिलाई चेकजाँच गर्ने गरेपनि उनीहरुले मान्छे परिवर्तन गर्दै ल्याउने गरेको कारण नियन्त्रणमा समस्या भएको हो । प्रयोगकर्तालाई मात्र पक्राउ गर्दा नियन्त्रण सम्भव नभएको निष्कर्ष निकाल्दै प्रहरीले कारोबारीलाई नै पक्राउ गर्ने उद्देश्यले सक्रियता बढाएको प्रहरी उपरीक्षक भट्टले जानकारी दिनुभयो ।
प्रयोगकर्तालाई मात्र पक्राउ गरेर केही हुँदैन भन्ने हाम्रो निष्कर्ष हो उहाले भन्नुभयो । ‘अब कारोबारीलाई नै पक्राउ गर्नुपर्छ भन्ने उद्देश्यले प्रहरीको सक्रियता बढाएका हौँ ।’ सोही क्रममा दुई दिनअघि जिल्ला प्रहरी कार्यालय दार्चुलाले करिब ४३ जनालाई नियन्त्रणमा लिएको जनाएको छ । प्रहरीले १५ दिने अभियान नै संञ्चालन गरि प्रहरीले त्यस क्षेत्रमा सक्रियता बढाएको हो । भारतबाट लुकिछिपी यहाँ ल्याएर लागूऔषध कारोवार गर्ने र आयात गर्ने गिरोहको पहिचान गरेर धामाधम कारवाही शुरु भइसकेको जनाएको छ ।
प्रकाउ परेका मध्ये ९ जनालाई प्रहरीले जिल्ला प्रशासन कार्यालयमा लगि आवश्यक कारबाही गरेको छ भने ३ जनालाई मादक पदार्थ सेवन गरेकामा काबार्हि गरेको जनाएको छ ।यस्तै अन्य ब्याक्तीहरुलाइ टाफ्रिक प्रहरीले कारबार्हि गरेको जनाएको छ । प्रहरीले मातहतका युनिटलाई समेत परिचालन गरेर विद्यालय र टोलटोलमा पनि लागूऔषध नियन्त्रणका लागि सचेतना फैलाउने अभियान थालनी गरेको छ । जिल्लामा चरेश, नाइट्राभेट लगायत लागुऔषध बढी प्रयोग गर्ने गरेको देखिएको छ ।
समाजमा यौनजन्य दुव्र्यवहार र चोरी डकैतीमा संलग्न हुनेमध्ये अधिकांश लागूऔषध सेवनकर्ता रहेको देखिएको छ । लकडाउन हुँदा पनि दार्चुला जिल्लामा लागू औषधको कारोवारमा कमी देखिएन उहाँले भन्नुभयो, ‘खुुल्ला सीमानाका मात्रै यसको कारण होइन, अभिभावक पनि जिम्मेवार बन्नुपर्छ ।