दार्चुला, पौष ६ । जिल्लाको शैल्यशिखर नगरपालिका वडा नम्वर ९ को गोकुलेश्वर बजारमा नेपाल कम्युनिष्ट पाटि बिप्लब जिल्ला समहुले एमसीसीको बिरोध कार्यक्रम अन्तर्गत कोण सभा गरेको छ ।

उक्त कोण सभामा अनेरास्ववियु अध्यक्ष भुवन जोशी, युवा संगठन जिल्ला अध्यक्ष जिबन बिष्ट, युवा संगठन नेपाल बैतडिका जिल्ला अध्यक्ष लोकस धामिले समग्र रुपमा दलाल संसदिय ब्यवस्थाले एमसीसी जस्तो राष्टघाति सम्झोैता देशमा लागू गरि अमेरिकी सेना नेपाल आए देशमा गृहयुद्ध हुने वताए ।

नेपाल कम्युनिष्ट पाटि (बिप्लब) दार्चुला सचिब भरत मल्लले स्थानीय तहमा व्यापक भष्टाचार बढेको भन्दै एमसिसि पास गर्न खोज्यो भने बिप्लब माओबादि ले गाउँ गाउँ र सहर सहर मा ससक्त आन्दोलन गर्ने बताए । नेपालको भ्रष्टाचार रोके अमेरिकाको सहयोग एमसीसी नचाहिने उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय