बाँके । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनमा लोकतान्त्रीक वामपन्थी शक्तिलाई एकतावद्ध भएर लैजाने पक्षमा रहेको बताएका छन् । बिहीबार समाजवादी प्रेस सगठन बाँकेले कोहलपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता नेपालले सो कुरा बताएका हुन् । अध्यक्ष नेपालले भने, ‘ चुनावहरुको सिलसिला सुरु भएको छ, ती चुनावहरुमा हामीले विजय प्राप्त गर्नेछौं ।’ एकिकृत समाजवादीका विभिन्न कामहरु व्यवस्थित हुदै पालिका, जिल्लाहरुमा कमिटी गर्नै गठन भइरहेको उनले बताए ।
त्यस्तै नेता नेपालले एमसीसीको बारेमा छलफल भइरहेको बताउदै नेपाली जनताको विश्वास जित्न आफुहरु लागेको बताए । नेतालाई मन परेको जनतालाई मन नपर्ने र जनतालाई मन नपरेको नेतालाई मन नपर्ने कुरामा छलपल हुनुपर्ने आवश्यक रहेको उनले बताए । त्यस्तै नेता नेपालले देशको रक्षा गर्न एकिकृत समाजवादी पार्टी चिन्तनशील रहेको बताउदै स्वास्थ्य, शिक्षा रोजागारीका र जनताको हितमाका विषयमा पार्टी गम्भिर रहेको बताए । प्रतिगमन विरुद्धको आन्दोलन जारी रहेको उनले बताए ।
साे अवसरमा अध्यक्षा नेपालले लोकप्रिय युवा नेता तथा नेकपा एमाले बाँकेका उपसचिव प्रमोद धिताललाई एकीकृत समाजवादीमा स्वागत गरे । धिताल एमाले त्यागेर समाजवादीमा प्वेश गरेका हुन् । सौर्य दैनिक