दार्चुला । केही दिनदेखि मौसममा आएको बदलिका कारण चिसो बढेको छ । हिमाली जिल्ला दार्चुलामा पनि हरेक वर्ष चिसोले प्रत्यक्ष प्रभाव पार्ने गरेको छ । चिसो र शितलहरले जिल्लाका विद्यालय, दैनिक मजदुरी गर्ने श्रमिक, बालबालिका तथा जेष्ठ नागरिक, असाहय तथा गरिबहरु बढी प्रभावित हुने गरेका छन । यसै क्रममा दार्चुलामा चिसो तथा शितलहरबाट बच्ने उपाय तथा पुर्व तयारीका बारेमा प्रशासनले एक सार्वजनिक सुचना जारी गरेको छ । सोमबार जिल्ला प्रशासन कार्यालय दार्चुलाका साहयक प्रमुख जिल्ला अधिकारी मोहन सिह धामीद्धारा हस्ताक्षरित सुचनामा चिसोबाट बच्ने उपाय तथा व्यवस्थापन र आमनागरिकको जिवन रक्षाका लागि वृद्धवृद्धाहरुको स्वास्थ्यको ख्याल गर्नु पर्ने चिसोको समयमा श्वासप्रश्वासका बिरामीहरुले बढ्ने भएकाले सतर्कता अपनाउन पर्ने बालबालिकाहरु लाई निमोनिया हुन सक्ने भएकाले उनीहरुलाई न्यानो बनाइराख्नु पर्ने कुरा उल्लेखित गरिएको छ ।
यस्तै चिसोको समयमा तातो र झोलिलो खानेकुरा बढी खान पनि आग्रह गरिएको छ । प्रशासनले शरीर छोप्ने गरी न्याननो लुगा लगाएर मात्रै घरबाट वाहिर वा काममा निस्कन आग्रह गरेको छ । यस्तै अनाआवश्यक रातीको समयमा बाहिर नहिड्न, नुहाउन र पिउन चिसो पानीको सट्टा तातो पानीको प्रयोग गर्न जिल्लाबासीलाई अनुरोध गरेको छ ।
यस्तै स्थानीय तह वा वडा कार्यालयबाट उपलब्ध गराइएका राहात समग्री कम्बल, सिरक, लगायतका कपडा र शरीरलाई न्यानो बनाई राख्ने कपडा लगाउन भनिएको छ । यस्तै बेलुकीको खानामा दहि, महि,घिउ चिज क्रिम लगायत शरीरलाइ चिसो गर्ने कफ जम्ने खानेकुरा खानु भन्दा सागसब्जी गोडागुडिको तातोझोल उपभोग गर्न प्रशासनले जारी गरेको सुचनामा भनिएको छ ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to siddatopikhabar
Made with ❤️ By Gorkhaly Labs