दार्चुला । जेष्ठ आमा वुवालाई वडा अध्यक्षको सहयोग कार्यक्रम अन्तर्गत महाकाली नगरपालिका वडा नम्वर ४ भित्रका ४२ जना बृद्धहरुलाई न्यानो कपडा बितरण गरिएको छ ।
१६ जना पुरुष र २६ जना महिला गरि मंगलबार वडा कार्यालयमा एक औपचारीक कार्यक्रमको आयोजना गरि न्यानो कपडा बितरण गरिएको हो । महाकाली नगरपालिका वडा नम्वर ४ का वडा अध्यक्ष पुष्करराज जोशीले वडा भित्र रहेका जेष्ठ आमा बुबालाई न्यानो लुगा वितरण गर्नु भएको छ । वडा भित्र बसोबास गर्दै आइरहनु भएका ६० वर्ष भन्दा माथीका जेष्ठ आमा बुबालाई वडा अध्यक्ष जोशीले चिसो छल्न न्यानो लुगा तथा पौष्टिक तत्व पाइने खाने कुरा वितरण गर्नु भएको हो ।
४२ जना जेष्ठ आमा वुवालाई टोपी १ थान, पञ्जा, १ थान जकेट १ थान सुईटर १ थान, हाईनेक टाउँजर १ थान, मोजा २ थान, २ सय ५० ग्राम काजु र १ किलोग्राम च्याउन प्रास दिईएको हो । वडा कार्यालयको वार्षिक कार्यक्रम अन्तर्गत बितरण गरिएको वडा अध्यक्ष पुष्कर राज जोशीले जानकारी दिए ।
चिसोको समयमा जेष्ठ आमा बुबाहरुलाई न्यानो लुगाले न्यानो बनाइ राख्न तथा शक्ति बद्र्धक खानेकुराले शक्ती प्रदान गरोस भन्ने उद्देश्यले न्यानो लुगा र शक्ति बद्र्धक खाने कुराहरु वितरण गरिएको उहाले बताउनुभयो ।
वडा अध्यक्ष जोशीले जेष्ठ आमा बुबा प्रति राखेको माया र सदभावको निकै प्रसंसा गर्दै लाभग्राही जेष्ठ आमा बुबाहरुले धन्यबाद र आर्शिवाद दिएका छन् । साथै जेष्ठ आमा बुबाहरुले मेयर, उपमेयर र वडा अध्यक्षहरुलाई पुनः चुनाव जितेर आफुहरुको सेवामा फर्किन आग्रह गरेका छन् । आफुहरुको माया प्रेम र आर्शिवाद संधै रहिरहने भन्दै उहाहरुले चुनावका बेला खुलेरै सहयोग गर्ने पनि धारणा राखेका थिए ।
वडा नम्बर ४ का वडा अध्यक्ष पुष्करराज जोशीको सिको गर्दै यस वर्ष महाकाली नगरपालिकाका सबै वडा अध्यक्षहरुले आ–आफ्नो वडा भित्र रहेका जेष्ठ आमाबुबाहरुलाई न्यानो लुगा र पासिलो खानेकुराहरु वितरण गर्ने योजना बनाएका छन् । केहि वडा कार्यालयहरुले वितरण गरिरहेका छन्, भने केहि वडा कार्यालयहरु वितरण गर्ने तयारीमा रहेको बुझिएको छ ।
महाकाली नगरपालिकाका प्रमुख एवम कार्यक्रमका प्रमुख अतिथि हंशराज भट्टले ब्याक्तिगत काम कोही कसैको गर्न केहि ढिला भएको भन्दै सामाजिक कार्यमा नगरपालिकाले राम्रो कार्य गर्दै आईरहेको वताए ।
त्यस्तै नगरपालिकाले बेसहार आमा वुवाको सहयोग नगरप्रमखु, टुहुरा बालवालीकको सहयोग नगर प्रमुख, एकल महिलाको सहयोग नगरउपप्रमुख कार्यक्रम र ठाउँ ठाउँमा सुपथ मुल्य पसलहरु संचालन गर्दै नागरीकहरुलाई सहज रुपमा सेवा दिईरहेको बताए ।
वडा नम्वर ४ का वडा अध्यक्ष पुष्कर राज जोशीको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि महाकाली नगरपालिकाका नगर प्रमुख हंशराज भट्ट रहनु भएको थियो । नगर उपप्रमुख सोना बोहरा बिशिष्ट अतिथि रहनु भएको कार्यक्रममा जेष्ठ आमा वुवा कर्मचारी र पत्रकारहरुको उपस्तिथि रहेको थियो ।