दार्चुला । दुहुँ गाउँपालिकाको पोक्से दौला भुइकोट बृहत खानेपानी आयोजनाको लागि बजेट ब्यवस्थापन भएको छ । दुहुँ गाउँपालिका वडा नं. ४ भित्रका बस्तीहरुका लागि खानेपानी व्यवस्थापन गर्न अर्थ मन्त्रालयले बजेट ब्यवस्थापन गरेको हो । उक्त आयोजनामा माघ २ गतेको निर्णय अनुसार ३ करोड ८८ लाख ४४ हजार ९६ रुपैयाँको बजेट ब्यवस्थापन भएका छ ।
पोक्से दौला भुइकोट बृहत खानेपानी योजना गत आर्थिक वर्ष देखि संचालनमा रहेपनि कम्युनिष्ट सरकारको न्यून बजेट व्यवस्थापनका कारण कार्यप्रगति हुन नसकेको गाउँपालिकाले जनाएको छ ।
कानुन न्याँय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र प्रसाद बडूको पहलमा अर्थमन्त्री जनार्दन शर्माले सो बजेट ब्यवस्थापन गरेको हो । सो आयोजनाको लागि दुहुँ गाउँपालिका अध्यक्ष पुलेन्द्र बहादुर कार्कीले बहुवर्षिय ठेक्काको फाइल अगाढी बढाएका थिए ।
सो आयोजनावाट दुहुँ गाउँपालिका वडा नम्वर ४ का ५ सय बढी घरधुरी लाभान्वित हुने भएको छन । ३ करोड ८८ लाख ४४ हजार ९६ रुपैयाँको सिमा भित्र रही खरिद प्रक्रिया अघि बढाई कार्य गर्न पत्रमा उल्लेख छ ।