दार्चुला । दुहुँ गाउँपालिका अध्यक्ष पुलेन्द्र बहादुर कार्कीलाई मातृ शोक परेको छ । विहीवार राति २ बजे तिर अध्यक्ष कार्कीकि  आमा हंशादेवी कार्कीको ८२ बर्षको उमेरमा निधन भएको हो । दुहुँ गाउँपालिका स्थित आफ्नै निवासमा उनको निधन भएको पारिवारीक श्रोतले जनाएको छ ।
अध्यक्ष कार्की काम विशेषले राजधानी काठमाडौं भएका कारण आज (शुक्रवार) उनको अन्त्येष्टि हुन सकेको छैन । खबर सुन्ने बित्तिकै कार्की राजधानीबाट हिडिसकेको र भोली (शनिवार) मात्रै अन्त्येष्टि गरिने जनाईएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय