दार्चुला । जिल्लाको दुहुँ गाउँपालिकाका केहि वस्तिहरुमा तत्काल विद्युत लाईन जडान गरि अन्धकार मुक्तगरीदिन नेपाल विद्युत प्राधिकरणलाई वडा नम्वर ४ का वडा अध्यक्ष गोपाल सिह कार्की नेतुत्वको टोलीले अनुरोध गरेको छ ।
गत भाद्र १३ गते राति र कार्तिक ३, ४ र ५ गतेको अविरल बर्षा र वाढीले दुहुँ गाउँपालिकामा संचालित ५ वटा विद्युतगृह कालागाड खोलाले वगाएपछि अहिले गाउँपालिकाका केहि वस्तिहरुमा विद्युतलाईन विस्तार हुन नसक्दा सोमवार नेपाल विद्युत प्राधिकरणको कार्यालयमा वडा अध्यक्ष नेतृत्वको टोलीले प्राधिकरण प्रमुखलाई लिखित र मौखिक रुपमा अनुरोध गरेका छन ।
गाउँपालिका भरीका २ हजार २ सय घरधुरीमध्ये वडा नम्वर ४ का ६ सय घरधुरीमा अझै विद्युतलाईन विस्तार गर्नु पर्ने भएकाले तत्काल लाईन विस्तारको लागि अनुरोध गरिएको छ ।
दुहुँ गाउँपालिका वडा नम्वर ४ का वस्तीहरुका लागि पटक पटक विद्युत लाईन जडानको लागि लिखित र मौखिक अनुरोध गर्दा आलटाल गरेको आरोप समेत लगाएका छन ।
वडा नम्वर ४ को धारी, पोक्से, फारा, चिन्चिरी, दौला, जोशीगाउँ, मल्लोपोक्से, मल्लीफाराका वस्तीहरुमा तत्काल विद्युत लाईन विस्तारका लागि अनुरोध गरिएको छ ।
यहि माघ २५ गते भित्र स्थानिय जनताहरुको माग सम्वोधन नभए आन्दोलन गर्ने चेतावनी समेत दिएका छन ।
गत भाद्र १३ गते रातिको अविरल वर्षा सँगै आएको वाढी र पहीरोवाट दुहुँका प्राय सवै जसो वस्तीहरु जोखिममा परेका छन भने, ५ जनाको मृत्यु समेत भएको थियो । कयौ मानिसहरुका घरखेत वाढी र पहिरोले वगाउँदा, दर्जनौ काठे पुल र पक्की पुलहरु समेत पुर्ण रुपमा वगेका थिए ।
त्यस्तै दुहुँ गाउँपालिका वडा नम्वर ५ को गरमोरा, वथ्थोली, दुल्ला, सुत्खोला, सिमार र वडा नम्वर २ को नरोली, गुना, अफर्या लगायतको क्षेत्रमा अझै विद्युत लाईन विस्तार हुन सकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय