काठमाडौं । सायद जनयुद्ध संगसंगै हुर्केर होला वा अन्य कुनै कारणले जब मन चन्चल हुन्छ अनि सुन्छु कहिलेकाही “कस्ले भन्छ क्रान्ति यहाँ सफल हुँदैन …………., बज्रपात बर्साउदै दुश्मनको किल्लामा….,आधा संसार यो धर्ती तिम्रै हो चिन्ता नगर…..,मान्छे मान्छे एउटै हो …….आदि इत्यादी । जब जुनसुकै क्रान्तिकारी गीत सुन्छु अनि जोसिला स्वरमा अन्याय गर्ने विरुद्ध चिच्याउन मन लाग्छ ।यी गीत सुन्दा अझै पनि हृदयबाट जोश जागर पलाएर आउँछ क्रान्ति गर्न।
तर जबजब म शान्त र सौम्य साहित्य पढ्न पुग्छु अनि बेलाबेला मनमा आईरहन्छन ” गाली गरौं आफ्नै बोली अपबित्र हुन्छ यसै बसौ असत्यको तेसै जित हुन्छ” । ” जहाँ अज्ञानता नै बरदान स्वरुप सिद्ध हुन्छ त्यहाँ ज्ञानता देखाउनु मुर्खता हो “। खैर छोडी दिउ यी म मेरा ब्यक्तिगत कुरा भए ।
०६२/०६३ ऐतिहासिक जनआन्दोलनको धेरै सम्झना छैन तर ०६४ सालको पहिलो संविधान सभाको निर्वाचनको समय मेरो बाल मस्तिष्कमा कम्युनिस्ट घोषणापत्रले स्पर्श गरि सकेछ। खै किन किन अझै अनि प्रिय् लाग्छन् मेरो मासूम मस्तिष्कले सुनेको ती शब्दहरु…. नोकरशाही ,….पुजीवादी ….दलाल ..जल्लाद …प्रतिक्रियावादी आदि इत्यादि ।अनि उदेकलाग्छ यी शब्द हरुका नाईके हरु नै आज यिनै शब्दका मालिक हुँदा सायद यो सबै समयको खेल हुदो हो ।
त्यो बेला नारा सुनेको थिए “ज्ञानेन्द्र चोर देश छोड ” आज ज्ञानेन्द्र चोर देश छोड ” भन्ने दाइ दिदी हरु या भनुम कमरेड हरु आफैले देश छोड्न पुगेछ्न पराईको भुमीमा रगत पसिना बगाउन पुगेछ्न । थाहा छैन ती कमरेड हरुले आफ्नै रक्तरन्जित इतिहासलाई धिकार्दै छन या गर्ब गर्दै छ्न।
हरेक पटक जनयुद्ध दिवस मनाउदै गर्दा ती अरब र खाडीमा पसिना बगाउन बिवस भएका कमरेडहरु लाई स्वदेशमै पसिना बगाउने बाताबरण बनाउन सक्यौ भने अन्तत फागुन १ क्रान्तिकारी हरुको एक ऐतिहासिक दिन हुनेछ ।यो दिन कालजयी बनेर इतिहासमा अजर अमर बनीरहनेछ । हारेका गलेका थाकेका हरुलाई नयाँ उर्जा प्रदान गरिरहनेछ । र जित क्रान्तिकारी कै अवश्य हुनेछ। (यसका लेखक नवराज जोशी सिद्दटोपी अन्लाईन खबरका सम्पादक हुन ।)