अछाम । अछाममा ट्र्याक्टरले किच्दा एक बालकको मृत्यु भएको छ । रामारोशन गाउँपालिका–५ स्थित सडकमा ट्र्याक्टरले किच्दा सोही ठाउँ बस्ने अम्मरबहादुर साउदका छोरा ९ महिनाका खेमराज साउद मृत्यु भएको हो ।
बुधबार सुदूरपश्चिम प्रदेश ०१–००२ त ५१७० नम्बरको ट्र्याक्टरले किच्दा बालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ । प्रहरीले ट्र्याक्टर चालकलाई नियन्त्रणमा लिएको छ ।