अंकित कुँवर बैतडी १० फगुन । बैतडीको सिगास गाउँपालिका वडा नं ८ स्थित लेक लुपुण माध्यमिक विद्यालयमा तालाबन्दी गरेको छ । सोही विद्यालयमा अध्यनरत विद्यार्थीहरुले आइतबार देखी तालाबन्दी गरेको बताएका छन ।
बिधालयमा रिक्त दरबन्दीमा शिक्षक पदपूर्ति गर्न नसकेको, व्यवस्थापन समिति गठन गर्न नसकेको, समिति गठन गर्न राजनीति हावि भएको, नियम बिपरित प्रधानाध्यापक सरूवा गरेको आरोप लगाउदै बिधार्थीहरूले ताला बन्दि गरेको जनाएको छ । विद्यालयमा २ वर्षदेखि ४ वटा दरबन्दी रिक्त रहेका छन । रिक्त दरबन्दीमा शिक्षक नियुक्त गर्न नसक्दा पठनपाठनमा समस्या आएको भन्दै विद्यार्थीहरुले शिक्षक भर्नाको माग गर्दै तिन दिन देखी ताला लगाएको भनाई छ ।
यस्तै वडाध्यक्ष कर्णसिंह ऐरको व्यक्तिगत इगोका कारण पूर्व प्रधानाध्यापकको अवैधानिक रुपमा सरुवा गरेको बिधार्थीहरूले आरोप लगाएका छन् । व्यवस्थापन समितिका सदस्यको अनुपस्थितिमा गाउँपालिकाले नै विद्यालय व्यवस्थापन समितिको पदाधिकारी समेत तोकेको जनाएको छ । पालिकाले वडाअध्यक्ष ऐरलाइ विधान विपरित व्यवस्थापन समितिको अध्यक्ष तोकेको आरोप लगाएको छ।
यता वडा अध्यक्ष कर्ण बहादुर ऐरले भने पुर्व प्रधानाध्यापक देव सिंह धामिको नियमअनुसार नै आफुले सरुवा गराएकोले कार्यपालिकाको निर्णयको समेत अटेरी गराएर विद्यार्थीहरुलाई उस्काएर बाह्य पक्षले राजनिति गर्न खोजेको आरोप लागाएका छन् ।