पोखरा । प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) सम्झौताबारे आफूलाई मात्र ढुंगा हानिएको भन्दै प्रश्न गरेका छन् । शुक्रबार पोखरामा आयोजित कार्यक्रममा डा. बाबुराम भट्टराई र झलनाथ खनाललाई ताली बजाउने तर, आफूलाईचाहीँ किन ढुंगाा हानिएको भन्दै अध्यक्ष ओलीले प्रश्न गरेका हुन् ।
अध्यक्ष ओलीले भने, ‘एमसीसी नेपालमा ल्याइपाऊ भनेर निवेदन दिने झलनाथ खनाल बाटोबाट हिँड्दा ढुंगा हान्दैनन्, ताली बजाउँछन् । एमसीसी अगाडि बढाउनुपर्छ भन्ने डा. बाबुराम भट्टराई हिँड्दा ढुंगा हानिँदैन । नेपाली कांग्रेसले एमसीसी पास गर्नुपर्छ भन्छ, ढुंगा हानिँदैन । सभामुखलाई पनि ढुंगा हानिँदैन ।’
एमसीसी पास गर्न मरिहत्ते गर्नेहरुलाई कसैले ढुंगा हान्ने तर, आफू बाटो हिँड्दा भने ढुंगाा हानिएकोमा उनले आपत्ति जनाउ । उनले भने, ‘एमसीसी सम्झौता गर्नेहरुलाई कसैले ढुंगा हान्दैनन्, म बाटोबाट हिड्छु, ढुंगा हान्छन् । यो के भइरहेको छ ?’