काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनालले मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)लाई अहिलेको अवस्थामा स्वीकार गर्न नसकिने बताएका छन् ।

 

नेकपा एकीकृत समाजवादीले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा खनालले एमसीसीमा रहेका राष्ट्रघाती विषयलाई नसच्चाएसम्म यसलाई स्वीकार गर्न नसकिने बताएका हुन् ।

 

अमेरिकी सुरक्षा नीति विपरितको काम गर्न नपाइने विषय सम्झौतामा उल्लेख भएको उनको भनाइ छ । खनालले समाजवादीको लक्ष्यमा दृढतापूर्वक अघि बढ्नुपर्ने भन्दै उनले बैदेशिक हस्तक्षेपबिरुद्ध लड्नुपर्ने धारणा राखे ।

 

त्यस्तै नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पनि एमसिसी परियोजना यथास्थितिमा पारित गरेर अघि बढ्न नसक्ने स्पष्ट पारे । एमसिसी अनुमोदन हुँदैगर्दा आफ्नो पार्टीबाट कोही सांसदले बहिष्कार गरे आफू त्यसको विरुद्धमा उत्रने उनले बताए । उनले एमसीसी पारित गराउन धम्की आएको पनि बताए ।            साभार news 24

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय