दार्चुला भाद्र ०२ । ब्यास गाउपालिका भौगोलिक रुपमा विकट भएको र यातायात समेत पहुच नभएको हुनाले ब्यास गाउपालिकाका अध्यक्ष दिलिपसिह बुढाथोकीले आज गृहमन्त्री बालकृष्ण खाणलाई भेटेर खाद्यान्न ढुवानीको व्यवस्था तत्काल मिलाईदिन अनुरोध गरेका छन् । ब्यास गाउपालिकाका विभिन्न ठाउमा तुइनको सहायताले भारतीय बजारमा निर्भर यहाका नागरिकलाई पछिल्लो समय मालघाट घटनाले भारतीय पक्षले महाकालीका सबै तुइन बन्द गरेपछि ब्यास गाउपालिकामा १,२,३ र ४ वडामा खाद्यान्नको निक्कै चरम संकट भएको समस्या बारे गृहमन्त्रीलाई जानकारी गराएका छन् ।

आजै गृहमन्त्री खाणलाई उहाकै कार्यकक्षमा पुगेर तत्काल हेलिकेप्टर मार्फत चावल लागयत खाद्यान्न ढुवानिका लागी पहल गरिदिन आग्रह गरेका हुन् । गाउपालिका अध्यक्ष दिलिपसिह बुढाथोकीका अनुसार गृहमन्त्रीलाई ब्यास गाउपालिकाको वडा नम्बर १ मा दुई सय क्विन्टल, वडा नम्बर २ मा एक सय क्विन्टल, वडा नम्रब ३ मा एक सय क्विन्टल र वडा नम्बर ४ मा दुई क्विन्टल चामल हेलिकप्टर मार्फत ढ्वानी गरिदिन अनुरोध गरेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय