दार्चुला भाद्र ४ । गत जेठको अन्तिमतिर अवरुद्ध भएको खलंगा–दल्लेक–खार सडक अझै सुचारु हुन सकेको छैन । दुई÷तीन दिनसम्मको लगातार बर्षाले बाढीपहिरोले अवरुद्ध भएको सडक सुचारुका लागि सरोकारावा निकायले चासो नदिदा एक महिना बढीदेखि सडक बन्द रहेको हो ।
वर्षा सुरुवातसंगै दार्चुलाका अधिकांश ग्रामीण सडक अवरुद्ध भएका छन् । बोहरीगाउ–रिठाचौपाता, होपरिगाड–सिप्टी, जौलजिवी–उकु बाकु, पनेबाज–वनतोली, पनेबाज–डाडाकोट लगायतका अधिकांश ठाउमा सञ्चालन हुदै आएका ग्रामीण सडकहरू यतिबेला अवरुद्ध छन् । तिंकर सडक अन्तर्गतको हिकिलाभन्दा माथिको सडक खण्ड पनि अवरुद्ध रहेको छ । यी सबै सडकहरु असार सुरुदेखि बन्द रहेका छन् । अधिंकाश सडकमा पहिरो र भासिएर अवरुद्ध भएका छन् । अवरुद्ध सडक सुचारुका लागि सरोकारवाला निकायले ध्यान नदिदा स्थानीयहरुले सास्ती भोग्नुपरेको छ ।
नौगाड गाउपालिका–३ खारका स्थानीय रघुवीरसिह ठगुन्नाका अनुसार सडकको ट्याक खोलिएको डेढ दशक भएपनि अहिलेसम्म नियमित सडक सुचारु हुन पाएको छैन । उनले भने निर्माण भएदेखि प्रत्येक बर्षातमा सडक अवरुद्ध हुन्छ । बर्षात्का चार महिना कहिल्यै सडकमा यातायात संचालन हुन सकेका छैनन् । अहिले यो सडक सुदूरपश्चिम प्रदेश सरकारको उच्च प्राथमिकतामा परेको छ । तर प्रदेश सरकारले एक महिना बढी समयदेखि बन्द सडक खुलाउन पहल नगरेको उनले बताए । यो सडक खण्डको खार, दल्लेक तलतिर, सेला, काटै, जाख, मालबेला लगायत ठाउमा पहिरो खसेको छ । विगतका ४÷५ बर्षदेखि यी ठाउहरुमा नै सधै पहिरो खसेर सडक अवरुद्ध गर्ने भएपनि पहिरो नियन्त्रणका लागि कुनै पनि निकायले योजना समेत बनाउन नसकेको उनको गुनासो छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय