
दार्चुला भाद्र ०६ । सुदूरपश्चिम प्रदेश सरकारका उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्री मानबहादुर धामी अपिहिमाल गाउँपालिकाको क्षत्ती पुग्नुभएको छ ।
मन्त्री धामीको क्षत्ती क्षेत्र विकास समितिले स्वागत गरको छ । मन्त्री धामीको विशेष स्वागत तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । सुर्मासरोवर जात्राको अबलोकन तथा जडिबुडीको सम्भाव्यता अध्ययनको लागि मन्त्री धामी नेतृत्वको टोली मल्देशका नामले चिनिने अपिहिमालको क्षत्ती पुगेको हो ।
अतिथिहरुलाई स्थानीयले आफ्नौ मौलिक परम्परा झल्किने प्रदर्शनी सहित औपचारिक रुपमा आज स्वागत गरेको मन्त्री स्थानियले वताएका छन् । अन्तरक्रिया कार्यक्रममा नेकपा माओवादी केन्द्रका अपिहिमाल गाउँपालिका इन्चार्ज भगत सिंह ठेकरेले जडिबुडीको उत्पादन, सम्भाब्यता र कार्यक्रमको उद्धेश्यबारे जानकारी गराए ।
जडिबुडी सम्भाव्यता अध्ययनका लागि तय भएको कार्यक्रममा जडिबुडी विज्ञ नेपालका युवा वैज्ञानिक डा. खेमराज जोशीले दिगो विकास एवम् जडिबुडीको महत्वबारे प्रकाश पारे । जंगलमा रहेको जडिबुडी खेतमा उत्पादन गरि पुस्तौं यो पेशालाई बचाउन सकिने भन्दै आफुले जापान सरकारको छात्रवृत्ति मा पढेको स्मरण गर्दै डा. जोशीले हामी सुनको थालमा फलामको भिख माग्छौ भन्ने कुरा उल्लेख गर्नुभयो । क्षत्तीका स्थानीय बासीन्दाले दार्चुलाको विकट क्षेत्र मल्देशको भ्रमण गरेकोमा मन्त्रालयको टोलीलाई धन्यबाद ज्ञापन गर्नुभयो । कार्यक्रममा स्थानीयले आफ्नो मौलिक उत्पादन भन्दै मन्त्री लाई उनको पाखो मायाको चिनो दिएको क्षत्ती क्षेत्र विकास समितिका पुर्व अध्यक्ष बहादुर ठेकरेले बताए ।
कार्यक्रममा मार्मा गाउँपालिका अध्यक्ष जमन सिंह धामीले यो ठाउँको विकासका लागि राज्यले उपेक्षा गरिरहेको अवस्थामा दार्चुलेली जनताको मतबाट निर्वाचित नेता मानबहादुर धामीले दार्चुलाकै बढी बजेट यो क्षेत्रमा विनियोजन गरेको बताए । घाजिर र क्षत्तीका जनताहरुको संस्कारको प्रसंसा गर्दै उहाँले योजना अनुसार छिटो काम सुरु हुनुपर्ने धारणा राख्नुभयो । मन्त्री मानबहादुर धामीले यो ठाउँमा सडक पुर्याउन बजेट हुदाहुदै पनि तिब्रताका साथ काम हुन नसकेको बताए । सरोकारवालाहरुप्रति अंकित गर्दै मन्त्री धामीले मकरिगाडमा एक किलोमिटर बाटो पनि निर्माण नहुनुको कारण के त भनि प्रश्न गर्नुभयो । मकरीगाडमा अड्किएको सडक यहाँसम्म कसरी पुगाउने र यहाँको जडिबुडीको उत्पादन कसरी व्यवस्थित एबं वैज्ञानिक बनाउने भन्ने कुरामा आफ्नो प्राथमिकता रहेको मन्त्री धामीको भनाई छ । उहाँले पर्यटन र उद्योग क्षेत्रमा आफ्नो मन्त्रालयको विशेष जिम्मेवारी रहेको भन्दै दार्चुलाको चिनारी र पहिचानको लागि दार्चुलामा पर्यटन बोर्ड गठन गरिने बताउनुभयो ।