प्रेमराज जोशी दार्चुला भाद्र ०७ । पछिल्लो समय जिल्लामा स्वास्थ्य बिमा गर्नेहरुको संख्यामा ह्वात्तै बृद्धि भएको छ । जिल्ला स्वास्थ्य बिमा वोर्ड दार्चुलाका अनुसार २०७५ साल देखी हाल सम्म ८ हजार ३ सय ८१ घरधुरीले बिमा गरका गराएका छन् । नेपाल सरकारले मध्यमबर्गीय नागरिकहरुका लागी स्वास्थ्य उपचार गराउन सहज होस भन्ने उद्देश्यले २०७५ सालबाट स्वास्थ्य बिमा कार्यक्रम लागु गरेको थियो । जिल्लामा सबैभन्दा वढी महाकाली नगरपालिकाका १ हजार ४ सय ७६ घरधुरीले स्वास्थ्य बिमामा नाम दर्ता गराएका छन् ।
यस्तै स्वास्थ्य बिमामा सबैभन्दा कम अपिहिमाल गाउँपालिकाका ४ सय ६४ घरधुरीले बिमा गराएका छन् । त्यस्तै शैल्यशिखर नगरपालिकामा १ हजार १ सय १६, ब्याँस गाउँपालिकामा १ हजार २ सय ९४, मार्मा गाउँपलिकामा १ हजार ९२, दुहुँ गाउँपालिकामा ९ सय ४९, लेकम गाउँपालिकामा ८ सय ६९, नौगाड गाउँपालीकामा ७ सय ९२ र मालिकार्जुन गाउँपालिकामा ९ सय ४५ घरधुरीले स्वास्थ्य विमा गराएको स्वास्थ्य बिमा बोर्ड दार्चुलाका दर्ता अधिकारी दिपक सिह क्षेत्रीले जनाकारी दिनुभयो ।
स्वास्थ्य बिमामा एक घर परिवारको नाम दर्ता गराउन ३ हजार ५ सय रुपैयाँ लाग्ने तथा ५ जना सदस्यले एक वर्षको अवधीमा रु १ लाख बराबरको स्वास्थ्य सेवा पाउने उहाले बताउनुभयो । यस्तै एक परिवारमा ५ जना भन्दा बढी संख्यामा सदस्य भए प्रतिब्याक्ति ७ सयका दरले थप गरी बिमामा नाम दर्ता गराउन सकिने तथा प्रतिब्याक्तिले थप २० हजारको स्वास्थ्य सेवा पाउने बताइएको छ । जेष्ठ नागरीक, महिला स्वास्थ्य स्वयमसेवीका, एचआईभी एड्स संक्रमित ब्याक्तिहरुको लागी निशुल्क रुपमा बिमा गरिने वोर्डले जनाएको छ । स्वास्थ्य सँग सम्बन्धित जुनसुकै रोग लागेमा बिमा वोर्डले रु १ लाख सम्मको निशुल्क रुपमा स्वास्थ्य उपचार गर्ने ब्यवस्था रहेको छ । स्वास्थ्य बिमा हाल नेपालका ७५ वटा जिल्लाहरुमा लागु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय