प्रेमराज जोशी दार्चुला भाद्र ०९ । दार्चुला जिल्लाको दुहुँ गाउँपालीका वडा नं. २ हिकिलाको माथिल्लो क्षेत्रमा पर्ने शिद्ध टोपीमा भ्यु टावर निर्माण भैसके पछि आन्तरिक पर्यटकहरुको आगमनमा वृद्धि भएको छ । पछिल्लो समय निर्माण भैसकेपश्चात आन्तरिक पर्यटकहरुको गन्तब्य स्थल नै वनेको छ ।
भ्युटावर वाट छिमेकी जिल्ला वैतडि, वझाङ डडेल्धुराका अग्ला अग्ला हिमालहरु छिमेकी राष्ट्र चिनमा पर्ने कैलाश मानसरोवर लगायतका ठाउँहरु सजिलै सँग अवलोकन गर्न सकिने भएको छ ।
त्यस्तै गरी दार्चुला जिल्लाका यार्सागुम्वा पाईने क्षेत्र आचरीगैर, ताल, लोलु, तङत्या, वङ्या, सतगंगा, अपि हिमाल, कलगडे, घट्टेखोला, दुदिवन, हुँम्दुम्ति नाम्पा हिमाल, लगायतका थुप्रै क्षेत्रहरु सजिलै देख्न सकिने गाउँपालीकाले जनाएको छ । शिद्धटोपी क्षेत्रमै पर्ने पर्यटकिय स्थल वह्म दह, पासा दह, देउविसोनी, गोतुपातल लगाउतका थुप्रै रमणीय स्थलहरु रहेका छन् । अहिले सम्म वाह्य पर्यटकहरुको खासै आवत जावत हुन नसकेको भएपनी आन्तिरिक पर्यटकहरुको भने शिद्धटोपी र व्रह्मदहमा पुजाआजा र फोटो सेसनका लागी लाम लागेको पाईन्छ । पासादहमा देवी र दानव विच पासा भएको, व्रह्म दहमा व्रह्म देवताको उत्पति भएको, देवविसोनीमा देवताहरुको सभा आयोजना हुने र गोतुपातलमा साउनको महिना व्रह्म देवता लुक्न जाने भन्ने किंवद्धन्तिमा छ ।
भौगलिक विकटताका कारणले खासै वाह्य पर्यटकहरुको आगमन हुन नसकेको गाउँपालीका अध्यक्ष पुलेन्द्र वहादुर कार्कीले जनाकारी दिए ।
दुहुँ गाउँपालीकाले अहिले सम्म पर्यटकिय पुर्वाधार निर्माणमा हिकिला शिद्धटोपी सडक निर्माण को कार्य त्यसै गरी व्रह्मदहमा प्रदेश सरकार अन्तर्गत वन मन्त्रालयवाट १७ लाखको वजेटमा २ कोठे भवन आवसका लागि निर्माण भैसकेको छ । पर्यटकिय स्थलहरुलाई मध्यनजर गर्दै यस आर्थिक वर्षमा दुुहुँ गाउँपालीकाले पर्यटन प्रर्वद्धन पुर्वाधर निर्माणको लागी ५ लाख रकम समेत विनियोजित गरेको गाउँपालिकाका लेखापाल गोपाल सिह विष्टले जानकारी दिए ।
त्यसै केहि समय अघि मात्रै दुई ठुला तालहरु पासदह र व्रह्म दह संरक्षणको लागी अपिनाम्पा संरक्षण क्षेत्र दार्चुला वाट ३ लाख रकम विनियोजन भएको थियो ।
यसलगायत दार्चुलामा थुप्रै पर्यटकिय स्थलहरु अपी हिमाल, नम्पा हिमाल, ब्याँस गुफा, टिंकर भञ्जाङ, राष्टैकै सात धाम मालिकार्जुन धाम, शैल्य शिखर लगायतका स्थलहरु रहेको भए पनि राज्यले खासै चासो नदिएको स्थानियहरुको आरोप छ । यस्ता पर्यटकिय स्थलहरुको संरक्षण संर्वद्धन र प्रचार प्रसार मात्र गर्न सके दार्चुलामै थुप्रै रोजगारीका अवसर हरु सिर्जना हुनेछन् । पर्यटकहरुको प्रचार प्रसार भई पर्यटकहरु आउन थालेमा वैदिसिने दार्चुलाका युृवाहरुको संख्यामा निकै कमि आउने छ । दार्चुलाको यो सम्भावनाले दार्चुलाका युवाहरु विदेशको खाडिमा नभई दार्चुलाकै झाडीमा समेत थुप्रै पैसा कमाउन सक्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय