प्रेमराज जोशी दार्चुला भाद्र ११ । जिल्ला सदरमुकाम खलंगाको मोति महिला संघ आधारभुत विद्यालय तिंकरको भवन समयमै सम्पन्न नहुदा विद्यालय संचालनमा कठिनाई भएको छ । भारतिय राजदुतावासको १ करोड ३६ लाख रुपैयाँ वरावरको लागतमा निर्माणाधिन भवन भारतिय राजदुतावासवाटै पैसा आउन ढिला भएका कारण निर्माण कार्य समयमै सम्पन्न नभएको निर्माण कम्पनिले जनाएको छ । २०७३ सालमा १५ महिनामा सकिने गरी ठेक्का सम्झौता भई भुमिराज मालिकार्जुन जेभिले निर्माणको काम थालेको हो । ५ वर्ष सम्म पनि निर्माणको काम नसकिएकाले विद्यालय संचालनमा कठिनाई भएको विद्यालयले जनाएको छ ।
केहि दिन अघि मात्रै जिल्ला समन्वन्य समितिका प्रमुख करविर बहादुर कार्की राजधानी गएको वेला भारतिय राजदुतावासको कार्यकक्षमै भेटघाट गरी यो भवन सँगै अन्य २ भवनको वारेमा छलफल भएको जनाइएको छ । राजदुतावासले दशै तिहार भित्रै निर्माणको कार्य सक्ने गरि निर्देशन दिएको छ । निर्माणको कार्य सम्पन्न भैसके पश्चात भारतिय राजदुतावासवाट अनुगमन समिति आउने र वाकी भुक्तानी हुने भनीसके पश्चात अहिले निर्माणको कार्यले तिव्रता पाईरहेको निर्माण कम्पनिका संचालक लाल वहादुर चन्दले जानकारी दिए ।
१ करोड ३६ लाखमा निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको भए पनि भारतिय राजदुतावासवाट १ करोड मात्रै भुक्तानी भएको र वाकी भुक्तानी नभएका कारण निर्माणले गति लिन नसकेको जनाईएको छ । जिल्ला समवन्य समितका समवन्य अधिकारी विजय भुर्तेलका अनुसार ९० प्रतिशत काम सम्पन्न भैसकेको र अव १० प्रतिशत काम वाकी रहेको वताउनु भयो । झ्यालको ढोका, रङरोगन र विजुली जडान मात्रै वाकि रहेको जनाईएको छ । काम सम्मपन्न भैसकेको निर्माण कम्पनिवाट निवदेन आए जिल्ला समवन्य समितिको प्राविधिक टोली गई मुल्याङकन गर्ने र भारतिय राजदुतावासलाई कामको मुल्याङकन अनुसार भुक्तानि गरिदिन भनि सिफारिस गर्ने र पुर्ण भुक्तानि हुने भुर्तेलले वताए । अन्तिम किस्ता मात्रै वाकि रहेको र काम सम्पन्न पश्चात मात्रै भुक्तानि हुने समेत उनले वताए ।
ढिलो गरि निर्माण भैरहेकोले विद्यालय संचालनमा निकै कठिनाई भएको विद्यालय प्रधानाध्यापक चमक तिंकरले वताए । गत शैक्षिक सत्रमा २ सय ९८ जना विद्यार्थीहरु रहेको र यो शैक्षिक सत्रमा यो भन्दापनि वढ्ने संकेत देखिएकाले विद्यार्थी ब्यवस्थापनमा कक्षा कोठहरुको निकै समस्या रहेको उनको भनाई छ ।
स्टाफ कोठा, अफिस कोठा र स्टोर कोठा एउटै ठाउँमा राख्नु पर्ने वाध्यता रहेका कारण ओफिसियल्ली कामकाजमा निकै समस्या आउने गरेको विद्यालयले जनाएको छ । जिल्ला विकाश समिति हुदा सम्झौता भएको र अहिले संघियताका कारणले गर्दा जिल्ला समवन्य समिति र ठेकेदार कम्पनिको ढिला सुस्तिले निर्माण कार्यले पुर्णता नपाएको उनको आरोप छ । हाल कोभिड १९ को संक्रमण वढिरहेकोले भौतिक रुपमा विद्यालयको कक्षाकोठा ब्यवस्थापनमा निकै चुनौति रहेकोले कक्षा पठन पाठनमा समेत निकै समस्या हुने भएको छ । सामाजिक दुरी कायम गरी शैक्षिक संस्था संचालन गर्नु पर्ने भएपनि फराकिला कोठा नभएका कारण चुनौति रहेको प्रधानाध्यापक तिंकरीको भनाई छ । त्यस्तै खेल मैदान, विहानको पिटी पेरेटको लागी पनि समस्या भएको उनले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय