दार्चुला भाद्र ११ । जिल्ला अस्पताल दार्चुलामा अक्सिजन प्लान्ट जडानमा ढिलाइ भएको छ । गत असार भित्र प्लान्ट निर्माण सम्पन्न गर्ने गरी हेल्थ केयर सप्लायर्स काठमाडौं सँग सम्झौता भएको भए पनि कम्पनीले हालसम्म प्लान्ट जडानको काम शुरु गरेको छैन् । कोरोनाको दोस्रो लहर भित्रिदा देशैभर अक्सिजनको अभाव भएपछि अस्पतालमै अक्सिजन उत्पादन गर्ने उद्धेश्यले सुदूरपश्चिम प्रदेश सरकारको लगानीमा जिल्ला अस्पताल दार्चुलामा अक्सिजन प्लान्ट जडान गर्ने योजना अघि बढेको थियो । अस्पतालले जेठ अन्तिमतिर इबिडिङको माध्यमबाट १५ दिने बोलपत्र आह्वान गरी असारभित्र प्लान्ट खरिद गर्ने र जडान गर्ने भने पनि सामान नआउदा ढिलाइ भएको जिल्ला अस्पताल व्यवस्थापन समिति अध्यक्ष दलजित सिंह धामीले बताए ।
अक्सिजन प्लान्ट जडान नहुँदा जटिल अवस्थाका कोरोना संक्रमतिलाई जिल्ला बाहिर रेफर गर्नुपर्ने बाध्यता अस्पताल सँग छ । बोलपत्र आह्वान गरी सप्लायर्स छनोट गरेको भए पनि हालसम्म पनि जडानको काम शुरु नभएको अस्पतालका प्रमुख डा। आदर्श लिम्बुले बताए । गत आर्थिक वर्षको असार भित्र प्लान्ट स्थापना गर्ने भनेर अस्पताल र कम्पनी बीच सम्झौता भएको, यसपछि कम्पनीले प्लान्ट जडानका लागि १५÷२० दिन थप गरिदिन निवेदन दिएको थियो । ‘१५÷२० दिन थप गरेको अवधिमा पनि प्लान्ट जडानको काम शुरु भएको छैन,’ डा. लिम्बुले भने, ‘कम्पनीले थप १५÷२० दिनको समय मागेको छ । कम्पनीसँग सम्पर्क गर्दा चीनबाट सामग्री मगाएका छौं, अझै नेपालमा पुगेको छैन भन्ने जवाफ आएको छ ।’ कम्पनीसंग प्लान्ट जडानका लागि ७० लाखमा ठेक्का सम्झौता भएको हो । अक्सिजन प्लान्ट जडान नहुदा अक्सिजन सिलिण्डर भर्न नेपालगन्ज पठाउनु पर्ने बाध्यता भएको अस्पतालले जनाएको छ । जिल्ला अस्पताल दार्चुलामा अहिले ७० सिलिन्डर छन् भने ४७ कन्सन्ट्रेटर छन् । दुई जना कोरोनाका बिरामी अहिले उपचाररत छन् । “प्लान्ट जडान भए संक्रमितको उपचारमा सहयोग पुग्थ्यो, उनले भने, अहिले जटिल समस्या भएका बिरामीहरुलाई नेपालगन्ज र सुर्खेत रेफर गर्नुको विकल्प छैन् ।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय