दार्चुला, भाद्र १२ गते । जिल्लाको शैल्यशिखर नगरपालिका वडा नं. ६ दुधलिङगाडमा पहिरो खस्दा सदरमुकाम खलंगा जोड्ने महाकाली लोकमार्ग अवरुद्ध भएको छ । आज विहान साढे ६ बजेतिर सडक भन्दा माथिबाट खसेको पहिरोले महाकाली लोकमार्गको एक सय मिटर सडक पुरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । महाकाली लोकमार्ग भन्दा माथील्लो क्षेत्रमा निर्माण गरिएको ग्रामीण सडकबाट पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।
दार्चुला सदरमुकाम खलंगालाई तराईका जिल्ला तथा संघिय राजधानी जोड्ने एकमात्रै सडक अवरुद्ध हुदाँ लामो दुरीका लागि विहान छुटेका सवारीसाधन अलपत्र परेका छन् । सडक खुलाउन विहान देखि जेसिबि लगाइएको भएपनि तत्काल सडक खोल्न सकिने अवस्था नरहेको प्रहरीले जनाएको छ ।
भदौ महिनाको सुरुदेखि महाकाली नगरपालिका ९ दत्तुमा पहिरो खस्दा महाकाली लोकमार्ग एक हप्ता सम्म अवरुद्ध बनेको थियो । विहिबार मात्रै दत्तुमा खोलिएको भएपनि शनिबार शैल्यशिखर नगरपालीकाको वडा नं. ६ मा पहिरो खस्दा दार्चुला सदरमुकाममा खाद्यान्न, ग्यास लगायत दैनिक उपभोग्य सामान आयातामा समस्या भएको छ ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to siddatopikhabar
Made with ❤️ By Gorkhaly Labs