दार्चुला भाद्र १८ । जिल्लाको दुहुँ गाउँपालिकामा आईतवार परेको अविरल वर्षाले क्षतीपु¥याएको वाटोघाटो निर्माणमा सुरक्षाकर्मी खटिएको छ । जिल्ला सदरमुकाम खलंगाबाट विहिवार मात्रै घटना स्थल हिनेको टोलीले २÷३ ठाउँमा काठे पुल र ठाउँ ठाउँमा भत्किएको पैदलवाटो निर्माण गरिरहेको जनाईएको छ । वाढी पहिरो आएको ४ दिन पछि सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेनाको टोली दुहुँको बाढिपहिरो निरीक्षण तथा उद्धारमा खटिएको हो । कालागाड खोलाको ठाउँठाउँमा अस्थायी रुपमा काठे पुल निर्माण गर्नुका साथै एक घरवाट आर्काे घर सम्म जाने वाटो नभएकाले ठाउँठाउँमा पैदलवाटो निर्माण गरिरहेको जनाईएको छ ।
दुहुँको वडा नं. २ गुना, अफर्या, र नरोली त्यसै गरी वडा नं. ५ को सुत्खोला, सिमार, घोप्ट्या, थाम, चिनाडी र खडीखानी आसपासको जमिन भासिएको र घरहरु चर्किएका कारण पहिरो जाने सक्ने सम्भावना रहेकोले स्थानियहरुलाइ सुरक्षित स्थानमा सार्नको लागि सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । सुरक्षाकर्मीहरुले स्थानियको घरभित्र रहेका मकै, गहुँ जै, लगायतका अन्य सामान सुरक्षित ठाउँमा राख्ने वुझिएको छ । प्रहरीले वाढीको पुर्ण सत्य तथ्य विवरण ल्याउने जनाईएको छ ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to siddatopikhabar
Made with ❤️ By Gorkhaly Labs