दार्चुला भदौ १८ । ब्याँस गाउँपालिका वडा नं. २ का जयसिह धामी साउन १५ मा भारतीय सीमा सुरक्षा बल ‘एसएसबी’ ले तुइनको लठ्ठा खुस्काउँदा बेपत्ता भएका थिए । गृह मन्त्रालयले गठन गरेको छानविन समितिले दार्चुला पारीपट्टी भारतको गस्कु इलाकामा खटिएका एसएसबीका अधिकारीले तुइनको लठ्ठा खुस्काउँदा ३३ वर्षीय धामी महाकालीमा खसेर वेपत्ता भएको निष्कर्ष सहितको प्रतिवेदन बुझाएको छ ।
गृह मन्त्रालयले गठन गरेको छानविन समितिले प्रतिवेदन बुझाएसँगै भारतले दार्चुलामा अर्को ज्यादती शुरु गरेको छ । पछिल्लो ३ दिनयता दार्चुला सदरमुकाम खलंगा र ब्यास गाउँपालिका क्षेत्रमा निरन्तर भारतीय हेलिकप्टर उडाउन थालिएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले जानकारी दिए ।
‘पछिल्लो तीन दिनयता खलंगा क्षेत्रमा निरन्तर हेलिकप्टर उड्न थालेपछि सो गतिविधि रोक्न पत्राचार गरेको प्रमुख जिल्ला अधिकारी जोशीले वताए । बिहिबार पत्र पठाएको र जवाफ केहि नआएको वुझिएको छ ।
तीन दिनअघि भारतीय पक्षले महाकाली नदीको किनारमा मात्र हेली उडाउने गरेको थियो । तर, भारतले तीन दिनयता खलंगास्थित नेपाली सेनाको गुरु गोरखा गुल्म हेडक्वार्टर, सशस्त्र प्रहरी बलको दार्चुलास्थित कार्यालय र राष्ट्रिय अनुसन्धान विभागको कार्यालयलाई लक्षित गरेर हेलिकप्टर उडाइरहेको छ ।
जिल्ला प्रशासनले पिथौरागढका प्रमुख जिल्ला अधिकारीलाई पत्र लेखेर आपत्ति जनाएको छ । पत्रको बोधार्थ धार्चुलालाई पनि पठाइएको प्रमुख जिल्ला अधिरकारी जोशीले बताए । जिल्ला प्रशासन कार्यालय दार्चुलाले सो बारेमा गृह मन्त्रालयलाई पनि जानकारी गराएको छ । नेपाली सेनाको दार्चुलास्थित गुरु गोरख गुल्मले पनि जंगी अड्डालाई यसबारे जानकारी गराएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय