दार्चुला भाद्र १८ । बालिकालाई बाल यौन दुरुपयोग गरेको भन्दै प्रहरीले एक जना युवकलाई प्रक्राउ गरेको छ । जिल्लाको नौगाड गाउँपालिका–४ सिप्टीका २५ वर्षिय एक युवकले गौरा हेर्न गएकी ११ वर्षिय वालिकालाई यौन दुरुपयोग गरेको भन्दै पक्राउ गरेको हो । भदौ १५ गते मार्मा गाउँपालिकाको पथरकाडा भन्ने स्थानमा गौरा हेर्न गएकी नौगाड गाउँपालिका–६ की ११ वर्षिय एक बालिकालाई हातपात गरी बाल यौन दुरुपयोग गरेको भन्दै बालिकाका बुबाले दिएको जाहेरीका आधारमा प्रहरीले ति युवकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरिक्षक एवं सुचना अधिकारी नरेन्द्र बहादुर चन्दले जानकारी दिए ।
गौरा हेरेर घर फर्कने बेला ति युवकले मौरेडाडा भन्ने स्थानमा ति बालिका माथी बाल यौन दुरुपयोग गरेको पिडित पक्षको आरोप रहेको उनले वताए । बालिकाका बुबाले पिडकका नाममा शुक्रवार दिएको जाहेरीका आधारमा पक्राउ गरी अनुुसन्धान थालिएको जनाईएको छ । अनुसन्धान गर्न दार्चुला जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरिएको सुचना अधिकारी चन्दले बताए । आरोप प्रमाणित भए ति युवकलाई तिन वर्ष कैद तथा ३० हजार जरिवाना हुने कानुनी ब्यवस्था छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय