प्रेमराज जोशी दार्चुला भदौ २३ । दुहुँ गाउँपालिका अध्यक्ष पुलेन्द्र वहादुर कार्की ज्यानको वाजी राखेर वाढि पहिरो पिडितको घरदलोमा गई पिडित परिवारहरुसँग भेट घाट गरिरहनु भएको छ । जिल्लालको दुहुँ गाउँपालिकामा गत भदौ १३ गते राति परेको अविरल वर्षाले गाउँपालिकामा अर्वाैको जनधनको क्षति भएको थियो ।
वाढि पहिरो गएको भोलीपल्टै वाट अध्यक्ष कार्की निरन्तर रुपमा गाउँगाउँ पुगी स्थानिय सरकारले गर्ने सहयोग र आश्वासन वाढिरहेका छन् । वाढि पहिरो पिडितहरुलाई जहाँ जे गरेर भएपनि तुरुन्तै प्रदेश र केन्द्र सरकार सँग हार गुहार गरि वस्ति पुनस्थापना गर्ने वताउदै आएका छन् ।
असल जनप्रतिनिधिको परिचय दिन सफल कार्कीको अफरे र सुत्खोला जोड्ने झोलुङगे पुल माथिको भिरालो जमिनमा घिसिर्दै आएको तस्विर अहिले सामाजिक संञ्जालमा भाईरल भएको छ । भारी वर्षाका कारण सरकारी सम्पादा मात्रै १ अर्व भन्दा माथिकोे क्षति भएको गाउँपालिकाले जनाएको छ । त्यस्तै मानविय क्षति र ब्याक्तिगत रुपमा घर जग्गा जमिनपनि करोडौको क्षति भएको छ ।
ताजा समाचार
लोकप्रिय
© 2025, All right reserved to siddatopikhabar
Made with ❤️ By Gorkhaly Labs