प्रेमराज जोशी दार्चुला भदौ २७ । कक्षा १२ को परिक्षामा सहभागी हुने परिक्षार्थीहरुलाइ कोरोना विरुद्धको खोप लगाईदै छ । स्वास्थ्य कार्यालय दार्चुलाका अनुसार अमेरिकामा उत्पादन भएको कोरोना विरुद्धको एस्ट्राजेनिका खोप उनीहरुलाई लगाईएको हो । जिल्ला भरीका १८ वर्ष माथिका २ हजार वढी परिक्षार्थीहरुलाई कोरोना विरुद्धको खोप लगाएको स्वास्थय कार्यालय दार्चुलाका खोप सुपरभाईजर विरेन्द्र भट्टले जानकारी दिए ।
स्थानिय तहहरुको समन्वयमा विद्यार्थीको तथ्याङक संकलन गरी सम्वन्धित खोप केन्द्रमा कोरोना विरुद्धको खोप पठाएको उनले वताए । भाद्र ३० गतेवाट सञ्चालन हुन गइरहेको कक्षा १२ को परिक्षामा सामेलहुने परिक्षार्थीमा जिल्लाका ९२ खोप केन्द्रहरुवाट खोप लगाइएको वताईएको छ । नेपाल सरकारको निति अनुसार विद्यार्थीहरुलाई कोरोना भाईरसको संक्रमणवाट वचाउन उक्त खोप लगाईएको हो । यसै विच जिल्लाभरीका ९२ खोप केन्द्रवाट २९ गते सम्म साउनको महिनामा पहिलो डोज चिनमा उत्पादित भेरोसेल लगाएका नागरीकहरुलाई द्रास्रो डोज खोप लगाईदै छ ।
कोरोना भाइरसका कारण जिल्लाभरीका २७ वटा माध्यामिक विद्यालयहरुमा नै परिक्षा संचालन हुने भएको छ । जिल्ला भरी २ हजारको हाराहारीमा नियमित र एक्जामडेट परिक्षार्थी सहभागी रहने जिल्ला शिक्षा ईकाइका समन्वय प्रमुख जयराज पन्तले जानकारी दिए । परिक्षाको सम्पुर्ण तयारी भैसकेको जनाईएको छ । यता परिक्षार्थीहरुको तयारी भनेको त्यति खासै भएको छैन् । कोरोना भाईरसले लामो समय विद्यालय वन्द भएका कारणले गर्दा पढाई नभएको विद्यार्थीहरुले वताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय