दार्चुला असोज ०१ । जिल्लाको शैल्यशिखर नगरपालिका वडा नं. ३ का २० वर्षीय मनोज साउँदलाई जिल्ला अदालतले पुर्बपक्षका लागि थुनामा राख्न आदेश दिएको छ । १५ वर्षीया बालिकासँग बालविवाह गरेको आरोपमा उनलाई थुनामा राख्न आदेश दिएको हो । जिल्ला अदालतका श्रेस्तेदार कौशल ज्ञवालीको इजलासले युवक साउँदलाई पूर्पक्ष्यको लागि थुनामा राख्ने आदेश दिएका हुन् ।
बालिकाका अभिभावकले भदौ ११ गते जिल्ला प्रहरी कार्यालय दार्चुलामा बालविवाह सम्बन्धी जाहेरी दिएका थिए । परिवारले जाहेरी दिएपछि प्रहरीले उनीमाथि अनुसन्धान गरि बुधबार जिल्ला अदालतमा पेश गरेकोमा आरोपितलाई पुर्पक्ष्यको लागि थुनामा राख्ने आदेश दिएको श्रेस्तेदार ज्ञवालीले बताए । बालिकालाई भने सुरक्षित गृहमा राखेर अभिभावकको जिम्मेवारी लगाउन भनिएको छ । दुवैजनाले भदौ ३ गते बालविवाह गरेको बालिकाका परिवारले बताएका छन् ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to siddatopikhabar
Made with ❤️ By Gorkhaly Labs