दार्चुला । “जन्मदिनलाई सत्कर्ममा जोडौँ” अभियानमा एक्यवद्धता जनाउदै बृहत रुपमा बृक्षारोपण गरिएको छ । रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर १ चेतनगर मर्दर सिन्दुरेघारीमा शनिबार बृक्षारोपण कार्यक्रम गरिएको हो ।

तराई बिकास तथा संञ्चार केन्द्र नेपालले आयोजना गरेको अभियानको यो कार्यक्रममा प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत सहभागि भएर आफूले बिरुवा रोप्न पाएकोमा खुसी ब्यक्त गर्दे अभियानको प्रसंसा गरी सफलताको कामना गरेका छन् ।

समाजमा रहेका प्रत्येक नागरीकहरुले आ–आफ्नो जन्मदिनमा एक–एक बिरुवा रोपेर सकारात्मक सन्देश फैलाउनुपर्ने आयोजक संस्थाका अध्यक्ष तथा सो अभियानका संयोजक गोबिन्दप्रसाद चौलागाईले बताए ।

कार्यक्रममा रुद्राक्ष, पिपल, चन्दन, साल, खयर, बाँस लगायतका बिरुवा रोपिएको आयोजक संस्थाका अध्यक्ष चौलागाईले बताए ।

यस्तै, कार्यक्रममा प्रेस काउन्सिल नेपालका अध्यक्ष बस्नेत, नेपाल पत्रकार महासंघ नेपालका केन्द्रिय सचिव तथा आयोजक संस्थाका अध्यक्ष चौलागाई, रौतहटका अध्यक्ष प्रेमचन्द्र झा सो अभियानका रौतहट संयोजक श्याम श्रेष्ठ, अग्रज पत्रकार मुकुन्द दाहालले आ–आफ्नो धारणा राअ‍ेका थिए ।

आयोजक संस्थाका अध्यक्ष तथा महासंघका केन्द्रिय सचिव चौलागाईले यो अभियानलाई देशका ७७ जिल्लाका ७ सय ५३ ओटै स्थानियतहमा पुर्याउन आवश्यक रहेको धारणा राखे ।

अभियानलाई देश तथा बिदेशका नागरीकले सिकोगर्न सक्ने भएकोले समाजलाई रुपान्तरण गर्दे सकारात्मक सन्देश प्रवाह गर्न हरेक ब्यक्तिले आ–आफ्नो तर्फबाट अभियानमा जोडिन अध्यक्ष चौलागाईले आग्रह गरे ।

रौतहटको सिन्दुरेघारीबाट नै सुरु गरिएको यो अभियान पछिल्लो समयमा पुर्वको मेचि देखि पश्चिमको महाकालीसम्म प्रसंसनिय मात्र होईन राष्ट्रिय अभियान बनेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय