काठमाण्डौँ । नागरिकता किर्ते कसुरमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले म्याद दिएको छ ।
धनुषा जिल्ला अदालतले आज उनीमाथि अनुसन्धान गर्न प्रहरीलाई ३ दिनको म्याद दिएको हो । जिल्ला न्यायाधीश चुडामनि खड्काको इजलासले प्रहरीलाई ३ दिन हिरासतमा राख्न अनुमति दिएको श्रेस्तेदार कैलाश भट्टराईले जानकारी दिए ।
अध्यक्ष सिरोहियाविरुद्ध मंगलबार पक्राउ पुर्जी जारी भएको थियो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले उनलाई सोही दिन पक्राउ गरी धनुषा लगेको थियो ।